Logo

हट्यो धुला धुवाँ, खुल्यो आकाश मुस्कुराए रवि



काठमाडौं, २७ चैत । विश्वभर फैलिएको कोरोना भाइरसको कहरले आम मानिस अक्रान्त छन् । सडकमा गाडी कुद्न छाडेका छन् । कल कारखाना बन्द भएका छन् । यसले मानिसको जनजीवन प्रायः ठप्प छ ।

तर यो विपत्तीको दुखद पक्षसँगै केही सुखद कुराहरू पनि अगाडि आएका छन् । कोरोनाको कहरसँग गरिएको बन्दाबन्दी ९लक डाउन० ले पृथ्वीका कतिपय स्थानमा प्रदूषणको मात्रा ह्वातै घटेको छ । चारचुरूङ्गी र जंगली जनावर विस्तारै शहरी क्षेत्रमा विचरण गर्न थालेका छन् । उद्योगहरु बन्द हुँदा भारत कै गंगा यमुना नदिमा सफा पानी बग्न थालेको समाचारहरू आइ रहेका छन् ।

अहिले केही दिनदेखि काठमडांैको आकाश पनि खुलेको छ । उत्तर तर्फ सजिलै हिमाल र उपत्यका वरिपरि हरिया पहाड देखिन थालेका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्