Logo

बीपी राजमार्गबाट तरार्ई झर्नेको लर्को



काठमाडौँ, २७ चैत । लकडाउन सँगै १६० किलोमिटर लामो बीपी राजमार्ग हुँदै आफ्नो गत्वव्यमा पुग्ने पैदलयात्रीको सङ्ख्या बढ्दै गएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न सरकारले लक डाउन घोषणा गरैसँगै काठमाडौँमा रहेका तराईवासी मजदुरहरू बीपी राजमार्ग हुँदै पैदल हिँडेर आफ्नो घर हिँडेका हुन् ।

अघिपछि सामान्यतया पाँच घण्टाको गाडीको यात्रामा पार गरिने बीपी राजमार्ग हुँदै घर जानेको लर्को नै रहेको स्थानीय बासिन्दा बताउँछन् । लक डाउन घोषणा भएसँगै १६० किलोमिटर लामो बीपी राजमार्ग हँदै हुलका हुल व्यक्ति तराई गई रहको सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी निवासी सन्तोष दाहाल बताउनुहुन्छ । उनले भने, सोध्दा काठमाडौँबाट हिँडेको तीन दिन/चार दिन भयो भन्छन् । अधिकांश थकित अवस्थामा भेटिने ती व्यक्तिमध्ये कोही गोडा सुन्याएर हिँडेको पनि देखिन्छ ।

विश्वभर फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले देश लक डाउन गरेसँगै काठमाडाँैमा अलपत्र परेका सिन्धुलीसहित विभिन्न जिल्लाका यात्रु पैदल नै यात्रा गरेर गन्तव्यमा पुग्न थालेका हुन् । बीपी राजमार्गस्थित सिन्धुलीको हिरापानी चोकमा भेटिनु भएका सिरहा जिल्लाको गोलबजार घर बताउने रामविश्वास मण्डल काठमाडौबाट हिडेको चार दिन भएको बताएका छन् । भक्तपुरस्थित इँट्टा भट्टामा काम गर्ने रामशिवासे लक डाउनका कारण भट्टा बन्द हुँदा अलपत्र परेर साथीहरू मिलेर घर हिँडेको बताएका छन् । स्थानीयका अनुसार बीपी राजमार्ग हँुदै हुलका हुल काठमाडौँबाट हिँडेरै तराईतर्फ जाने दैनिक यात्रु भेटिन्छन् ।

काठमाडौँबाट हिँडेरै तराईका विभिन्न जिल्लामा पुग्ने लक्ष्य राखेर हिँडेका कतिपय अलपत्र यात्रुलाई भने बीपी राजमार्गको रुटमा पर्ने नगरपालिका र गाउँपालिकाले स्थानीय प्रशासन र प्रहरीको रोहबरमा गाडी खोजेर गन्तव्यसम्म पु¥याउने काम समेत भइरहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगन्द्रप्रसाद पाण्डेले बताएका छन् । ‘काठमाडाँैबाट हिँडेर सिन्धुली जिल्लाको सिमानासम्म आईपुग्दा ७० किलोमिटरभन्दा बढी हिँडेको हुन्छन् । हामीले रोक्दा त्यहाँबाट फेरि त्यति नै हिँडेर फर्किनुप¥यो, ‘दिनदिनै सयौँको सङ्ख्यामा मानिस आईरहेका हुन्छन् । तिनीहरूलाई कहाँ व्यवस्थापन गर्ने, न त स्रोत नै छ ।’ माथिबाट छाड्ने निर्देशन नभए तापनि अवस्थालाई हेरेर पैदल यात्रीलाई गन्तव्यमा जान छाडिएका उनको भनाइ थियो ।

काठमाडौँ, ललितपुर र भक्तपुरले त्यहीँबाट त्यस्ता व्यक्तिलाई हिँड्न नदिए बीचमा यो समस्या सिर्जना नहुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सडकमा यतिखेर हुलका हुल हिँड्नु कोरोना भाइरसको निकै जोखिम रहेको पनि प्रजिअ पाण्डेको भनाइ छ । बीपी राजमार्ग हुँदै आएका पैदलयात्रीलाई सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीसहित विभिन्न ठाउँमा स्थानीय तह र समाजिक सङ्घ संस्थाले बिस्कुट, चाउचाउ र पानीको व्यवस्था गरी सहयोगसमेत गरेको उनले सुनाएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्