Logo

भारतबाट आउने निगरानीमा



काठमाडौँ, २७ चैत । विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने समय समाप्त हँुदैजाँदा भारतबाट आउनेमा भने निगरानी बढाइएको छ । सबैभन्दा बढी तेस्रोे मुलुकबाट आएका २१ जना गङ्गाजमुना गाउँपालिकामा छन् ।

स्थानीय तहले २१ जना जापान, दुवई, ओमनलगायत विदेशबाट आएकाहरूको अवस्था सामान्य देखापरेपछि नौ जना भारतबाट फर्केकालाई स्थानीय तहले सञ्चालन गरेको प्रस्तावित अस्पतालमा क्वारेन्टाइनमा राखेको गाउँपालिका प्रमुख वलबहादुर अधिकारीले जानकारी दिएको छ । पालिका प्रमुख अधिकारीका अनुसार अस्पतालमा सबैलाई अस्पतालकै चिकित्सकको दैनिक निगरानीमा राखिएको छ । भारतबाहेक तेस्रो मुलुकबाट आएका ४२८ जना स्थानीय प्रशासन र स्थानीय तहको निगरानीमा रहेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ तामाङले विदेशबाट आएकामध्ये सात जना जिल्ला सदरमुकाम र स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइन र अन्य व्यक्तिहरू स्थानीय स्वास्थ्यकर्मीहरूको निगरानीमा घरघरमै बसेको सूचना प्रहरीले सङ्कलन गरेको बताएका छन् । आफ्नो गाउँपालिकामा पस्ने व्यक्तिहरूको स्थानीय युवा र प्रहरीद्वारा दिनभर निकै निगरानी गरिए पनि रातारात आउनेले वास्तविक तथ्याङ्क सङ्कलन गर्न नसकिएको नेत्रावती डवजोङ गाउँपालिका प्रमुख दुर्गाकुमार शाक्यले बताएका छन् ।

प्रमुख शाक्यका अनुसार नेत्रावतीमा ३७ जना व्यक्ति स्थानीय तहले व्यवस्थापन गरेको क्वारेन्टाइनमा छन् । खनियावास गाउँपालिका प्रमुख रणवहादुर तामाङले तीन स्थानमा निगरानी गर्न हेल्पडेस्क स्थापना गरिएको र आफ्नो गाउँपालिकमा अत्यधिक नागरिकहरू बेलायती र भारतीय सेनामा रहेको तर उनीहरू नआएको र काठमाडौँबाट आउने १० जनाको निगरानी भइरहेको बताएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्