Logo

मौसम पूर्वानुमान: हावाहुरी, चट्याङसहित बर्षाको सम्भावना



काठमाडौं, चैत २७ । पश्चिमी वायुको आंशिक प्रभाव सक्रिय रहेका कारण आज देशका पश्चिमी पहाडी क्षेत्रमा आंशिक बदली रहने देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विहिबार देशका पहाडी भू–भागमा अपरान्ह पछि आंशिक बदली भई पश्चिमी पहाडी भू–भागका एक÷दुई स्थानमा हावाहुरी, मेघ गर्जन, चट्याङ सहित वर्षाको सम्भावना समेत रहेको जनाएको छ ।

देशका अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहने छ।



प्रतिक्रिया दिनुहोस्