Logo

कोरोनाको कहरः विश्वभर ८८ हजार भन्दा बढीको मृत्यु



काठमाडौं, चैत २७ । कोरोना महामारीका कारण हालसम्म विश्वभर ८८ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। जोन हकिङ्स विश्वविद्यालयका अनुसार विश्वभर १५ लाखभन्दा बढी संक्रमित छन्।

नेपालमा अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ। १ जना उपचारपछि घर फर्किसकेका छन् भने अन्य संक्रमितको उपचार भइरहेको छ।

अमेरिकामा ४ लाख ३० हजार भन्दा बढीमा संक्रमण देखिएको छ भने १४ हजार मानिसले ज्यान गुमाइ सकेका छन्। मृत्युको संख्याका हिसाबले इटली अगाडि छ। त्यहाँ १७ हजारले भाइरसका कारण ज्यान गुमाए।

स्पेनमा १४ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ। त्यहाँ झण्डै एक लाख ५० हजार मानिस संक्रमित छन्।

छिमेकी देश भारतमा पनि कोरोना फैलिरहेको छ। अहिलेसम्म ५ हजार संक्रमणका केस आएका छन्। विश्वस्वास्थ्य संगठनका अनुसार भारतमा १४९ जनाको मृत्यु भएको छ।

बेलायतमा वुधबार एकै दिन ९ सय ३८ जनाको मृत्यु भएको छ। त्यहाँ अहिलेम्म ७ हजार ९७ जनाको मृत्यु भएको छ।एजेन्सी



प्रतिक्रिया दिनुहोस्