Logo

रसुवामा चालकहरूलाई ‘ट्राभल हिष्ट्री कार्ड’



रसुवा, चैत २७ । रसुवामा अत्यावश्यक सामग्री ढुवानी गर्ने मालवाहक सवारी साधन र एम्बुलेन्स चालकहरूलाई ट्राभल हिष्ट्री कार्ड जारी गरिने भएको छ।

बाहिरी जिल्लाबाट रसुवामा प्रवेश गर्ने वा जिल्ला भित्र अत्यावश्यक सामग्री ढुवानी गर्ने सवारी साधन र एम्बुलेन्स चालकलाई कार्ड जारी गर्न लागिएको हो। कोभिड–१९ को संक्रमण रोकथाम नियन्त्रणका लागि जिल्लामा गठित कमाण्ड पोष्टको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणको जोखिमलाई मध्यनजर गरी रसुवा जिल्ला प्रवेश गर्ने चालकहरूलाई रसुवा र नुवाकोटको सीमा क्षेत्र बेत्रावतीमा रहेको हेल्थ डेक्स कार्ड जारी गर्न लागिएको हो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्