Logo

कोरोना रोक्न सफल भन्दै प्रधानमन्त्री ओलीलाई नोवेल पुरस्कार दिनुपर्ने उद्योगपति तेजेन्द्र खड्काको माग (भिडियोसहित)



काठमाडौं, २७ चैत्र । उद्योगपति तेजेन्द्र खड्काले प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च सतर्कता अपनाउँदै चालेको कदमका कारण नेपालमा कोरोना भाइरसको संक्रमण ठूलो सख्यामा नदेखिएको र ९ जनामा सिमित भएको भन्दै यो कामको लागि प्रधानमन्त्री ओलीलाई नोवेल पुरस्कार दिनुपर्ने माग गरेका छन् । बुधबार साँझ प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “कोरोनाको महामारी : प्राइमको खबरदारी” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उद्योगपति खड्काले यस्तो बताएका हुन् ।

उनले भने, हामी लकडाउनमा छौ । नेपालले धेरै राम्रो गरेको छ । नेपाली जनतालाई राम्रो गर्नुभयो । हाम्रो प्रधानमन्त्रीलाई नोवेल पुरस्कार दिनुपर्छ । तीन करोड जनतामा जम्मा ९ जना संक्रमित छन् । जनताले सरकारलाई दिलखोलेर साथ दिएका छन् । खड्काले कोरोनाको जोखिमबाट बच्नको लागि यसको रोकथाम र नियन्त्रणको लागि नै लकडाउन लगाएको भन्दै यो प्रभावकारी रुपमा कार्यान्वयन भैरहेको सुनाए ।

यो अवधिमा दैनिक ज्यालादारी र श्रम गरेर खानेहरुको लागि केही अप्ठ्यारो परेकोले सरकारले उनीहरुको लागि पनि उचित राहतको व्यवस्था गरिरहेको उनको भनाई छ । त्यस्तै, उनले आफूहरुले पनि लकडाउनको अवधिमा उद्योग, धन्दा र कलकारखाना बन्द भएपनि कर्मचारीहरुको तलब कुनैपनि हालतमा नरोक्ने विश्वास दिलाए । उनले सबैभन्दा ठूलो कुरा मानवता भन्दै यही नाताले पनि कर्मचारीहरुको मुखमा माड लगाउन आफूहरुले तलब नरोक्ने स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्