Logo

आज २०७६ चैत्र २७ गते बिहीबारको राशिफल



काठमाडौं, २७ चैत्र । आज श्री शाके १९४१ बि.सं. २०७६ साल चैत्र २७ गते बिहीबार इश्वी सन २०२० अप्रिल ९ तारीख बैशाख कृष्णपक्ष प्रतिपदा तिथी स्वाती नक्षत्र हर्षण योग तैतिल करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा स्थिर योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण वसन्त ऋतु भक्तपुरमा भैरव–भद्रकाली रथयात्रा, विशालनगरमा वैष्णवी देवीयात्रा, ललितपुरमा मत्स्येन्द्रनाथस्नान, बुगन्हवँ, सौरमानले आनन्द नामक संवत्सर १४ः२० बजे प्रारम्भ (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दाम्पत्य सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । व्यापार तथा व्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ । शारीरिक आलस्यताले सताउन सक्नेछ । नयाँ लगानीमा सजग रहनु होला । पारिवारिक झोरझमेलाले सताउनेछ । मनको चन्चलताले गर्दा कार्य क्षेत्रमा सामान्य ढिलाई हुन सक्नेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मान्यजनको साथ र सहयोगमा गरीएका कार्य भने सफल रहलान । नयाँ कार्य थालनीका निम्ति आँट र साहसको कमि आउनेछ । शाप।रिक आलस्यले कार्य ढिलाई हुन सक्छ । अरुको बिश्वासमा गरिएका कार्यहरुमा सामान्य झन्झट पैदा हुन सक्ला । अनायासै यात्राको सम्भाबना रहन सक्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारीवारिक झोर झमेलाले सताउन सक्छ । अप्रिय खबरले मानसिक चिन्ता ब्यहोर्नुपर्ला । आम्दानी क्षेत्र भने मध्यम रहेको छ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । बौद्धिक ब्यक्तित्वसँगको भेटघाटले मन हर्षित तुल्याउला । नयाँ कार्यको थालनीले आम्दानी सबल तुल्याउनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परीश्रमअनुरुप फल प्राप्ति नहुनाले मनमा खिन्नता बोध हुनसक्छ । मान्यजनको साथ सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । काम कार्यको क्षेत्रमा बिषेश ध्यान दिनु होला । पारीवारिक साथ सहयोग बाट कार्य सम्पादनमा मद्दत पूग्नेछ । वाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रजनको साथ सहयोग भरपुर रहनेछ । मानसिक चन्चलताले गर्दा कार्य सम्पादनमा सामान्य झन्झट ब्यहोर्नु पर्ला । ब्यापार ब्यवसायको क्षेत्र भने राम्रो रहेको छ । सामान्य यात्रा हुनसक्ने सम्भाबना रहेको छ । मान्यजनको साथ र सहयोग प्राप्त हुनाले सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) बौद्धिक क्षेत्रका ब्यतित्वसँगको संगतद्वारा मन प्रशन्न रहला । खानपानको गडबढीले स्वास्थमा सामान्य बाधा आउन सक्छ । बोलिको कारण आफन्तजनहरु रुष्ट रहन सक्छन सजग रहनु होला । दिर्घकालिन फाईदामूलक काममा लगानि लगाउने राम्रो समय रहेको छ तर तत्कालिक आर्थिक अभाब झेल्नु पर्ला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते) साधारण चोटपटक लाग्नसक्ने सम्भाबना रहेको छ । प्रेमी प्रेमीकाबीच खट्पट रहन सक्छ । कार्य सम्पादनमा आँटको कमी रहला । व्यापार तथा व्यवसायका माध्यमबाट आम्दानीका स्रोत सदृढ बन्नेछ । साझेदारी काममा हात नहालेकै बेस रहने छ । सभा तथा सम्मेलनजन्य कार्य सहभागिता मिल्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मित्रजनहरुको लागी साधारण खर्च हुनसक्ने सम्भाबना रहेको छ । खराब संंगतको कारणले सामान्य झन्जट ब्यर्होनु पर्ला । व्यापार तथा व्यवसायमा सामान्यतय हानी रहन सक्ने छ । कला कौशलको प्रयोगमा समय ब्यतित रहने योग रहनेछ । नजिकका ब्यक्तिबाट बिश्वासघात हुन सक्छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) हरकोहिको पुर्ण बिश्वास नर्गनुहोला । धोका हुन सक्छ । नयाँ कामको क्षेत्रमा लगानी नगरेकै बेश हुनेछ । मेहेनत र परिश्रमको कदर हुनसक्ने योग रहेको छ । मित्रजनको साथ र सहयोय प्राप्त हुनेछ । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । यात्रामा सावधानी अपनाउनु होला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मान्यजनको साथ र सहयोग प्राप्त हुनाले मन प्रशन्न रहला । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । कष्टकर यात्रा रहनसक्छ । शारिरिक आलस्यता ले सताउने छ । सभा तथा समेलनमा सरिक हुने योग रहेको छ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द) दाजुभाई तथा मित्रजनको साथ सहयोग प्राप्त हुनेछ । यात्राकारक दिन रहेको छ । तपाईको मेहेनतको फल अनायासै अरुलाई मिल्ने छ । गरिरहेको काममा सामान्य झन्जट सहनु पर्ला । लगानिको क्षेत्रमा सजग रहनुपर्ने दिन रहेको छ । कुरा काट्ने ब्यक्तिको कमि नरहला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) शारिरीक अस्वस्थताका कारण कार्य सम्पादनमा समस्या आउन सक्छ । सामान्य कार्यको निम्ति धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नुपर्ने छ । मान्यजनको साथ सहयोग पुर्ण रुपमा प्राप्त नहुनाले मनमा खिन्नता बोध हुनेछ । माल सामान को क्षति ब्यहोर्नू पर्ला सजग रहनु होला ।



प्रतिक्रिया दिनुहोस्