Logo

२४ घण्टामा कोरोनाको ९३ केस दिल्लीमा, सम्पूर्ण केस धार्मिकसभाबाट सम्बन्धित



एजेन्सी, २७ चैत । २४ घण्टा भित्र दिल्लीमा कोरोनाको ९३ वटा केस दर्ता भएको छ । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका व्यक्ति दिल्लीस्थित निजामुद्दिन मश्जिदमा हालै सम्पन्न इस्लामको धार्मिक सभा तबलिगी जमातसँग सम्बन्धित रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

दिल्लीमा कोरोनाको संक्रमण सकेत बढदै गएको छ । भारतमा भाइरसको संक्रमणबाट पाँच हजार नौँ सय १६ जना प्रभानित भएका छन् भने भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ७८ पुगेको छ । त्यसैगरी पाँच सय छ जना उपचारपछि सकुसल घर फर्केका छन् । कोरोनाको संक्रमण विश्वभर फैलिसकेको छ । भारत समेत उक्त भाइरसको चपेटमा परेको छ ।

भाइरसको रोकथाम गर्न भारत सरकारले २१ दिनको लकडाउन गरेको छ । लकडाउन पश्चात भारतमा संक्रमित मानिसको संख्या बढदै गएको छ ।

 



प्रतिक्रिया दिनुहोस्