Logo

लकडाउनमा पनि सेवा प्रवाह गर्न क्लासिक टेकद्धारा ‘सपोर्ट टास्क फोर्स’ गठन



काठमाडौं, २७ चैत्र । कोरोना भाईररस (कोभिड-१९) को महामारीमा विश्व आक्रान्त बनेका बेला नेपालमा पनि यसको फैलावट रोक्न लकडाउन घोषणा गरिएको छ । महामारिको यस चुनौतिपूर्ण घडिमा हरेक नेपालीको अपरिहार्य आवश्यकता बनेको इन्टरनेट सेवाप्रवाह गर्न नेपालको बिश्वासिलो सेवा प्रदायक क्लासिक टेकले पनि बिशेष सावधानी अपनाउँदै सेवा प्रवाह गरिरहेको छ ।

कोरोनाको संक्रमणबाट अहोरात्र फिल्डमा खट्ने आफ्ना सपोर्ट टास्क फोर्स स्टाफहरुलाई जोगाउन बिशेष किसिमको सुरक्षा पोशाक उपलब्ध गराएको छ । साथमा कोरोना संक्रमणबाट सुरक्षित रहने बिशेष सावधानिका उपायहरु बारेपनि सचेतना प्रशिक्षण दिइएको क्लासिक टेकले जनाएको छ ।

महामारीबाट आफ्ना सपोर्ट टास्क फोर्स स्टाफ कर्मचारी तथा उनीहरुका परिवारजन र आफन्तजनमा पर्न सक्ने प्रतिकूल प्रभावलाई मध्येनजर गरी क्लासिक टेकले कार्यालयहरुमा नै सपोर्ट स्टाफका लागि खाने बस्ने व्यवस्था समेत मिलाएको र चारै प्रहर सेवाप्रवाह गराउँदै आएको समेत जनाएको छ । क्लासिक टेकले सपोर्ट टास्क फोर्स स्टाफको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी समय समयमा स्वास्थ्य परिक्षण गराउनुका साथै उनीहरुका लागि सुरक्षा पोसाक र पर्याप्त सेफ्टी किटको प्रवन्ध समेत मिलाएको जानकारी गराएको छ ।

 

सबै जना घरमै बस्न विवश परिस्थितिमा विशेष गरी दैनिक कार्य घरबाटै सञ्चालन गर्न, समाचारहरु सुन्न र हेर्न, फेसबुक लगायतअन्य सोसल साइटहरुको प्रयोग गर्न एवं मनोरञ्जनका साथ घरमा समय बिताउनको लगि इन्टरनेट अत्याधिक मात्रामा प्रयोग भइरहेको छ । अनलाईन बैकिङ्ग, अनलाईन ऐजुकेसन, कर्पोरेट काम, अनलाईन मेडिकल परामर्श जस्ता चुनैतिपूर्ण कार्यहरु पनि इन्टरनेटको प्रयोगबाट नै सम्भव भइरहेको छ ।

क्लासिक टेकको यस सपोर्ट टास्क फोर्सले बैंक र अस्पताल लगायतका कर्पोरेटहरुमा सिस्टम डाउन भएको अवस्थामा मर्मत गर्ने लगायत इन्टरनेटका विविध समस्याहरु तत्काल समाधान गर्दै आएको क्लासिक टेकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्