Logo

मुख्यमन्त्री केजरीवालले उच्च अधिकारीहरुसँग छलफल गर्दै



२७ चैत । भारतको नयाँ दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बिहीबार नयाँ दिल्लीका उच्च सरकारी अधिकारीहरुसँग आवश्यक छलफल गर्न लागेका छन् ।

उनले बिहीबार अपरान्ह भारतमा र विशेषगरी नयाँ दिल्लीमा बढ्दै गएको कोरोनाको सङ्क्रमणका विषयमा अधिकारीहरुसँग परामर्श गरी रोकथामका थप कार्यक्रमहरु तय गर्न लाग्नुभएको अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी गराएका छन् ।

नयाँ दिल्लीमा पनि भारतका महाराष्ट्र र तामिलनाडूपछि धेरै कोरोना सङ्क्रमितहरु भेटिएका छन् । बिहीबार बिहान प्राप्त भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयको तथ्यांकअनुसार भारतीय राज्य नयाँ दिल्लीमा ६६९ जना सङ्क्रमित भेटिएका छन् ।

उक्त समाचारमा यहाँ उपचारपछि २१ जना संक्रमित निको भएर घर फर्र्किका छन् भने ९ जनाको मृत्यु भएको छ ।
मुख्यमन्त्री केजरीवालले उक्त राज्यमा कोरोना भाइरसको उपचार तथा यसका कारण गरिएको लकडाउनका लागि आवश्यक बाहेकका अरु सबै खर्च कटौतीको निर्देशन दिएका छन् ।

उनले उक्त राज्यका वित्त विभागलाई कर्मचारीको नियमित तलब र कोरोना भाइरसको नियन्त्रण एवं रोकथामबाहेकका अरु सबै खर्च कटौतीका लागि अघिल्लो हप्ता नै आदेश दिएका थिए ।

आजको बैठकमा पनि यसैसँग सम्बन्धित कार्यक्रमहरुका साथै दिल्लीमा बढ्दो रुपमा देखिएको कोभिड १९ को रोकथामका नयाँ कार्यक्रमहरुका बारेमा छलफल हुने अधिकारीहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्