Logo

माओवादीकालमा सेना प्रहरीले जागिर छाडेजस्तै स्वास्थ्यकर्मीहरु जागिर छाडेर भाग्न थाले- मोहनबहादुर बस्नेत, नेका नेता



काठमाडौं, २७ चैत्र । पूर्वमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता मोहन बहादुर बस्नेत अहिले गृहजिल्ला सिन्धुपाल्चोकमा सक्रिय छन् । जुझारु नेताको परिचय बनाएका उनले सरकारले विपत्तिको बेलामा काम गर्न नसकेको र उल्टै कमिसनमा डुबेको आरोप लगाएका छन् । बस्नेतसँग ऋषि धमलाले गरेको कुराकानीः
तपाईं अहिले कहाँ हुनुहुन्छ ?
म अहिले सिन्धुपाल्चोकमा छु ।
के गर्दै हुनुहुन्छ त्यहाँ ?
म नेपालमा जुनदिनदेखि लकडाउन भयो । त्यहाँदेखि अब लामो समय लकडाउन हुन्छ, यो बेलामा जनतालाई औषधि उपचारदेखि अन्य विभिन्न खाले समस्या पर्छ, त्यो परिपूर्तिको लागि खट्नुपर्छ भनेर लकडाउन भएको भोलिपल्ट १२ गते नै म सिन्धुपाल्चोक आएको हुँ । त्यसबेला आवश्यक सामाग्री जस्तै माक्स, स्यानिटाइजर, ग्लोब्स, एप्रोन, गाउन, क्याप, प्यारा सिटामोलहरु लिएर आएको थिएँ । त्यसपछि पनि बीच–बीचमा पनि आवश्यकता अनुसार विभिन्न सामान मगाइरहेको छु । यहाँ आएपछि हस्पिटलहरुमा आइसुलेसन बेड, क्वारेनटाइन बनाउने कामदेखि लिएर हाम्रा पार्टी सभापति शेरबहादुर देउवाज्यूले ज्याला, मजदूरी गरेर खानेहरुलाई सरकारले प्याकेज कार्यक्रम दियोस् नभए उनीहरुको खाने बाटो हुँदैन भनेर घोषणा गर्नुभयो । त्यसपछि म पनि यहाँ ती वर्गलाई चामल, दाल, नून, तेललगायतका सामाग्रीहरु बाँड्ने काम गरेर बसेको छु । त्यसमा नेपाल कांग्रेसका क्षेत्रीय सदस्य बालकृष्ण बस्ने र क्षेत्री समितिका साथीहरुलाई परिचालन गरेर जिल्लाको विभिन्न भागमा खटिरहेको छु ।
सरकारले पनि विभिन्न भागमा राहत बाँडिरहेको छ फेरि तपाईंले बाँड्नुभएको त्यसले त दोहोरो भयो नि ?
मेरो जिल्लामा सरकारले एक चिम्टी राहत पनि बाँडेको छैन । र, कुनै पनि स्वास्थ्य संस्थामा अहिले मैले भनेका सामानहरु बाँडेको छैन ।
प्रधानमन्त्रीले पनि राष्ट्रको नाममा सम्वोधन गर्नुभयो,
सरकारले काम गरेको तपाईंलाई थाहाँ छैन ?
सरकार अहिले भाषण गरेर बसेको छ । उहाँहरुसँग सहकार्य गरेर काम गर्ने भनेर पार्टी सभापतिले भनिरहनुभएको छ । हाम्रा प्रवक्ताले पनि आफ्नो ठाउँबाट कुरा राखिरहेको छ । हामीले पनि त्यसबारेमा भनिरहेका छौं । तर, अहिले सरकार स्वास्थ्य सामाग्रीको खरिद प्रक्रियामा कसरी अलमलिइरहेको छ भन्ने कुरा देशभरका नागरिकहरुलाई थाहा छ । कमिसनमा अलमलिएर यो संकटका बेलामा पनि सरकारले काम गर्न नसकेको भनेर हामीले तपाईंहरुका मिडियाबाट सुनिरहेका छौं ।
प्रधानमन्त्री त अहिले १८ घण्टा खटेर निर्देशन दिने काम गरिरहनुभएको छ नि यस्तो बेलामा सरकारले राम्रो काम ग¥यो भनेर प्रसंसा गर्न सकिँदैन ?
सरकार मुखले जति बोलिरहेको छ, त्यो गरिदिएको भए राम्रो हुनेथियो । ‘अहिले नेपाल कोरोना भाइरसको उच्च खोजिममा छ’ भनेर डब्ल्यूएचओले नै घोषणा गरेको कुरा हो । र, हामीले पनि भनेका छौं, सरकारले पनि यो कुरा भनिरहेको छ । त्यो अनुसारको पूर्व तयारीहरु के भयो के भएन भन्ने विषयमा सारा नेपाली जनतालाई थाहा छ । त्यसैले कुरा गरेर मात्रै हुँदैन । जनतालाई अनुभूति हुने गरी काम गर्नुपर्छ । जोखिममा परेका जनताको लागि उपचार गर्ने स्वास्थ्यकर्मीलाई आवश्यक सामाग्री उपलब्ध गराउन नसकेर प्रताडित छन् । हिजो मात्रै मैले सुने एउटा प्रदेशमा ५ जना डाक्टरहरु स्वास्थ्य सामाग्री नभएपछि उपचार गर्न अस्पताल जानै मानेनन् र उनीहरुलाई जागिरबाटै बर्खास्त गरिएको छ । ‘यदि सरकारले आवश्यक सामाग्रीहरुको उचित व्यवस्थापन नगर्ने अनि प्रहरी, सेना र स्वास्थ्यकर्मीलाई त्यसै हुम्याउने तर त्यसको लागि सुरक्षाकवज पीपीलगायतका सामाग्रीहरु उपलब्ध गराएन सरकारले भने जसरी हिजो माओवादी द्वन्द्व कालमा सेना र प्रहरीहरु आफ्ना घरपरिवारलाई खतरा भएपछि जागिर छोडेर भागेका थिए । अब स्वास्थ्यकर्मीहरु त्यसैगरी भाग्छन्,’ भनेर मैले आजभन्दा ठ्याक्कै १० दिन अगाडि बोलेको थिएँ । हिजोबाट त्यसको सुरुवात भएको छ ।
सरकारले गरेको लकडाउनलाई जनताको समर्थन त छ हो ?
अहिले सरकारले गरेको लकडाउनलाई आमजनताको अपार समर्थन् छ । तर, लकडाउन गरेर मात्रै समस्याको समाधान हुँदैन । इटालीमा कोरोना लाग्दैन भनेर सरकारले घोषणा गरेको थियो । अहिले विश्वमा सबैभन्दा ठूलो क्षति त्यहाँ भयो । तर, ताइवान जस्तो सानो देश जसले बेलैमा सतर्कता अपनाएर आवश्यक व्यवस्था सबै मिलायो । जसको कारणले चीनको नजिक भएर पनि यो देश उच्च खोजिमबाट बँच्यो । त्यसकारण कुरा गरेर, कार्यक्रम घोषणा गरेर मात्रै हुँदैन, लकडाउन ठीक छ । नेपाली जनताले यसलाई समर्थन पनि गरेका छन् । म तपाईंको मिडियामार्पmत भन्न चाहन्छु, ‘लकडाउन राजनीतिक नेताहरुको फाउदा उठाउने गरी हुनुहुँदैन । भन्नुको अर्थ राजनीति नेताहरुले घरमा बसेर झ्यालढोका थुनेर मुखले यसोगर, उसोगर भनेर मात्रै हुँदैन । त्यसको लागि खट्ने कर्मचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुलाई आवश्यक सामाग्रीहरु लिएर ती ठाउँमा पुग्नुपर्छ । यो जोखिमबाट जनतालाई बँचाउन यो देशका मन्त्री, नेता, राजनीतिक दलहरु सबै सक्रिय भएर हामीले काम गर्नुपर्छ । त्यसको लागि राजनीतिक दलका नेता, जनप्रतिनिधि चाहिन्छ । होइन आपूm चाहीं घरभित्र बसेर प्रहरी, सेना र स्वास्थ्यकर्मीलाई मात्रै हुम्याएर हुँदैन । यदि त्यो भयो भने जसरी हिजो ती स्वास्थ्यकर्मीहरुलाई जागिरबाट बर्खास्त गरिएको छ । यसले कुरा गर्ने मात्रै हुन्छन् काम गर्ने कोही हुँदैनन् । त्यही भएर मैले लकडाउन भएको भोलिपल्टै जिल्लामा आएर विदेशबाट सामान मगाएर सीमानाकाका सुरक्षा पोष्टमा खट्ने सुरक्षाकर्मीदेखि सुविधासम्पन्न अस्पताल मात्रै होइन गाउँ–गाउँमा भएका उपस्वास्थ्य चौकमा समेत ती सामानहरु उपलब्ध गराएको छु । जुन सामान केन्द्रका ठूला–ठूला अस्पतालहरुमा उपलब्ध गराउन सरकारले सकेको छैन । यो काम गरिरहँदा उल्टै यहाँका सिडिओको आदेशमा सुरक्षकर्मी र सरकार पक्षका नेता, कार्यकर्ताले हाम्रो पास खोसिदिने । सहयोग सामाग्री बोकेको गाडीलाई अबरोध गर्ने गरेर हामीलाई अस्तिको दिनबाट गिरफ्दार गरिदिनुपर्यो । यसरी सहयोग गर्न पाइँदैन । एकद्वार प्रणालीबाट बाँड्नुपर्यो यसरी भाँड्न पाइँदैन भनेर अहिले हामीलाई मुद्दा लगाउने सुरसारमा सरकार पुगेको छ ।
राहात त स्थानीय सरकारले बाड्ने हो नि तपाईंहरुले त सरकारलाई सहयोग गर्ने हो अनि खाली आलोचना मात्रै गर्ने ?
मैंले सरकारको आलोचना गरेको छैन । अहिले तपाईं यहाँका स्वास्थ्यचौकीहरुलाई, सुरक्षाकर्मीहरुलाई सोध्नुस् । हामीले दिएका सामानहरु प्रहरीले पनि बुझिराखेका छन् । यहाँका सबै अस्पतालहरुले पनि बुझेका छन् । जसलाई आवश्यक छ उनीहरुले बुझिरहेका छन् । तर, यो सामान नबुझ्नु भनेर नेकपाका कार्यकर्ताहरुलाई थर्काइरहेका छन् । यहाँ त यतिसम्म भएको छ कि हाम्रा यहाँ माननीय सांसद् अग्नि सापकोटाजीको भतिजो माधव सापकोटाले थर्काएर मुद्दा लगाउछु भनेर धम्क्याएका छन् ।
अहिले त स्थानीय सरकारलाई सहयोग गरेर बलियो बनाउनुस् न किन तपाईं व्यक्तिगत रुपमा खर्च गर्नुहुन्छ ?
हामीले सरकारलाई पूर्ण रुपमा सहयोग गरिरहेका छौं । यहाँको सन्दर्र्भमा एकद्वार प्रणालीको कुरा गरिरहँदा त्यसरी बाँड्न केही सामान त सरकारले पनि ल्याउनुप¥यो नि । सरकारले ल्याएको सामान र हामीले दिने सामान मिलाऔं अनि यहाँका जनप्रतिनिधि र हामी मिलेर बाँडौं भन्दा उसले केही सामानै ल्याएको छैन ।
तपाईंहरुले ल्याएको सामान पनि स्थानीय सरकारलाई दिनुस् न त ?
हिजो जुरेको पहिरो र भूकम्प गएको बेलामा यही कम्युनिस्टका कार्यकर्ताहरु राम्रोसँग काम गरेनन् । त्योबेलामा विभिन्न नागरिकहरुबाट जम्मा भएको पैसा अभैm पनि २ करोड जति दैवीउद्दार कोषमा बाँकी छ । त्यो पैसा अहिलेसम्म पनि बाँडिको छैन । यहाँ यस्ताखालका कठोर काम पहिलादेखि हुनेगरेको इतिहास छ ।
स्थानीय सरकारसँग मिलेर काम गर्नुहोस् न किन नकारात्मक सोच राख्नुहुन्छ ?
स्थानीय सरकार सामान ल्याउनुप¥यो । सामान खरिद गर्दा केन्द्र सरकारको खरिद प्रक्रियामा नियमितताको क्रियाकलका कारण सामान आउन सकेको छैन । त्यो अनियमितताका कारण सरकारले केन्द्रीय अस्पतालहरुमै दिन सकेको छैन भने सिन्धुपाल्चोकका गाउँको कुनाकाप्चामा कहाँबाट आइपुग्नु । उनीहरुले केही ल्याएकै छैन । हामीसँग भएको सामान लगेर बुझाइदिऊ भने उनीहरुले पक्षपातपूर्ण तरिकाले बाँड्छन् । हामीलाई सँगै लानोस् भन्दा जानै दिँदैनन् । अनि के गर्नुहुन्छ ऋषिजी ?-File Photo



प्रतिक्रिया दिनुहोस्