Logo

विश्वभर कोरोना संक्रमित संख्या १५ लाख नाघ्यो (सूचीसहित)



एजेन्सी, २७ चैत्र । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या १५ लाख नाघेको छ । मृतक संख्या ८८ हजार नाघेको छ । तीन लाखभन्दा बढी मानिस निको भई घर फर्किएका छन् ।

पछिल्लो तथ्यांक अनुसार १५ लाख २१ हजार ९ सय २४ कोरोना भाइरसबाट संक्रमित भएका छन् । ८८ हजार ६ सय ५६ जनाको मृत्यु भएको छ । ३ लाख ३२ हजार २ सय ९१ जना निको भई घर फर्किएको तथ्यांक छ ।

सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । त्यसपछि युरोपेली देशहरु अगाडि छन् । नेपालमा कोरोना भाइरसको संक्रमित ९ जना रहेकोमा एक जना नीको भई घर फर्किइसकेका छन् ।

देश        संक्रमित
अमेरिका ४३५१६०
स्पेन १४८२२०
इटाली १३९४२२
जर्मनी ११३२९६
फ्रान्स ११२९५०
चीन ८१८६५
इरान ६४५८६
बेलायत ६०७७३
टर्की ३८२२६
बेल्जियम २३४०३
स्वीटजरल्यान्ड २३२८०
स्रोतः वोल्डोमिटर



प्रतिक्रिया दिनुहोस्