Logo

भोलि र पर्सि काठमाडौं उपत्यका बाहिर जान पाईने



काठमाडौं, २७ चैत्र । सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका बाहिर जान दिने निर्णय गरेको छ । लकडाउनका कारण काठमाडौंमै अड्किएर बसेकाहरुलाई दुई दिनसम्म घर जान दिने निर्णय गरेको हो । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वांग, गृहमन्त्री रामबहादुर थापा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीसँग छलफल गरेका थिए ।

सरकारले २०७७ बैशाख ३ गतेसम्म लकडाउन कायम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझै दुई साता लम्ब्याउने संकेत गरिसकेका छन् । देशवासीको नाममा सम्बोधन गर्दै उनले नेपाल र नेपालीहरुको लागि दुई साता अझै चूनौतिपूर्ण रहेको बताएका थिए ।

लकडाउन लम्बिएसँगै काठमाडौं उपत्यकामा ज्याला तथा मजदुरी गरेर बस्नेहरुको लागि कठिनाई सिर्जना भएको थियो । कतिपय त हिँडेरै (पैदल) आफ्नो जिल्ला फर्किन थालेका समाचार आएका छन् । यही अवस्थालाई मध्यनजर गर्दै सरकारले भोलि शुक्रबार र पर्सी शनिबार काठमाडौं उपत्यकाबाट घर चाहनेहरुको लागि जान सक्ने व्यवस्था गरेको हो । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्