Logo

काठमाडौं उपत्यका छाड्न चाहनेलाई शुक्रबार र शनिबार अवसर, यातायातको व्यवस्था हुने



काठमाडौ, २७ चैत्र । के तपाई काठमाडौं उपत्यका छाड्न चाहनुहुन्छ ? सरकारले भोलि र पर्सि बसको समेत व्यवस्था गर्ने भएको छ । आफ्नै खर्चमा समेत जान पाउने अवसर छ ।

लकडाउनका कारण उपत्यकाभित्र अलपत्र परेकालाई सरकारले दुई दिन जान दिने व्यवस्था गरेको हो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सिका लागि व्यवस्था गरेको हो ।

लकडाउन लम्बने र उपत्यकामा अस्थायी बसोबास गर्नेहरु संकटमा परेपछि सरकारले व्यवस्था गर्न लागेको हो । त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयोजन गर्ने भएको छ । यातायातको व्यवसायीसँग समन्वय गरी व्यवस्था गर्न लागेको स्रोतले बताएको छ ।

उपत्यकामा हजारौं मानिसहरु स्थायी बसोबासको स्थान जान लागिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्