Logo

तीन हजारको कोरोना टेष्ट पूरा



काठमाडौं, २७ चैत्र । देशभर अहिलेसम्म तीन हजार भन्दा बढीको टेष्ट भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजसम्म तीन हजार टेष्ट पूरा भएको जनाएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज तीन हजारभन्दा बढीको टेष्ट पूरा भइसक्ने बताएका हुन् । उनले साँझ ४ बजे नियमित ब्रिफिमा भने, २८ सय ९५ टेष्ट भइसकेको र १९३ वटा टेष्ट भइरहेकोले आज तीन हजार टेष्ट पूरा हुन्छ ।

डा. देवकोटाका अनुसार टेष्टमध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २३८३ र उपत्यका बाहिर ५१३ वटा टेष्ट भइसकेको छ । क्वारेन्टाइनमा ७९४० रहेकोमा आइशोलेशनमा ११७ रहेकामा काठमाडौंमा १८ उपत्यका र बाहिर ९९ जना रहेका छन् ।

अहिलेसम्म टेष्ट भएकामध्ये नौ जनामा संक्रमण भेटिएको छ । जसमध्ये एकजना नीको भई घर गइसकेका छन् । बाँकी आठ जना उपचाररत छन् । उनीहरुमध्ये दुई जना एक दुई दिनमै डिस्चार्ज गरिने बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्