Logo

चीनमा रहेका नेपालीले १० हजार थान पिपीइ नेपाल पठाउने : मन्त्री ढकाल



काठमाडौँ २७ चैत : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले चीनमा रहेका गैह्रआवासीय नेपाली सङ्घ (एनआरएन) लगायत कतिपय सङ्घसङ्स्थाले १० हजार व्यक्तिगत सुरक्षा कवच (पिपीइ) सहित तीन टन स्वाथ्य सामग्री पठाउन लागेको जानकारी दिए। ती सामग्री आज भोलि नै नेपाल आइपुग्नेछन् । सो तीन टन सामानमा चीनको ज्याग्मा फाउण्डेशनको पनि सहयोग रहेको छ ।

ती सामान केही व्यवसायीले चार्टर गरेको हवाइजहाजबाट काठमाडौँ आइपुग्नेछ । सरकारले पछिल्ला समयमा विभिन्न व्यापारिक घरानाबाट गरी तीन हजार थान पिपीइ ग्रहण गरिसकेको छ ।

मन्त्रालयमा दैनिक ‘हाइकण्माड’

कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणको लागि मन्त्री ढकाल, स्वास्थ्यसचिव, जनस्वासथ्य सल्लाहकार र विज्ञहरुसहितको हाइकमाण्ड बैठक बस्न थालेको छ । सो कमाण्डामा विज्ञहरु डा भगवान कोइराला, डा खेम कार्की, डा लोचन कार्की पनि छन् । मङ्गलबारदेखि हरेक दिन ८ः१५ बजे सो समूहको बैठक भइ समीक्षा र नीतिगत परामर्श तथा निर्देशन गर्नेछ ।

रोकथाम र नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिमातहतको निर्देशक समिति (सिसिएमजी) अन्तर्गतका चार कार्यकारी कार्यदलमध्ये जनस्वास्थ्य, सामग्री, सञ्चारजस्ता कार्यदलको नेतृत्व स्वास्थ्य मन्त्रालयले पाएकाले मनलयमा नियमित समीक्षा हुन थालेको हो । File Photo



प्रतिक्रिया दिनुहोस्