Logo

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता छताछुल्ल भएकोबारे प्रधानमन्त्रीलाई सोध्यौं- झलनाथ खनाल



काठमाडौं, २७ चैत्र । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको सचिवालय बैठकमा कोरोना रोकथाममा सरकारले चालेका कदम र कमी कमजोरीको समिक्षा भएको बताएका छन् । उनले स्वास्थ्य सामाग्री खरिदको विषयमा पनि छलफल भएको बताए । यीनै विषयमा खनालसँग ऋषि धमलाले गरेको कुराकानीः
नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठकमा के के भयो ?
अहिले विश्वमा पैmलिरहेको कोरोना भाइरसको स्थिति के छ ? त्यो फैलिने क्रम छ कि छैन ? त्यसको नियन्त्रण र रोकथामको लागि सरकार कसरी तयारी गरिरहेको छ ? त्यसका विरुद्ध आवश्यक सरसामाग्रीहरु जुटाएको छ कि छैन ? देशभरि कस्तो अवस्था छ ? बाहिरबाट पनि कतिपय मानिसहरु आइरहेका छन् ? उनीहरुको अवस्था के छ ? यी सम्पूर्ण विषयमा हामीले जानकारी लियौं । अर्को स्वास्थ्य सामाग्री खरिद प्रक्रियामा अतियमितता सम्बन्धी विभिन्न खाले हल्ला चलेको त्यो के हो ? यसको बारेमा हामीले प्रधानमन्त्रीसँग कुराकानी गर्यौं । पहिलो कुरा कोरोनाको विषयमा रोकथाम र उपचारलाई प्रभावकारी बनाउने । दोस्रो आवश्यक सामाग्री खरिद गर्दा अनियमितता भएको छ भने राम्रोसँग छानविन गरेर दोषीमाथि कारबाही गर्ने भन्नेहरु गरेका छौं ।
प्रधानमन्त्रीले स्वास्थ्य सामाग्री खरिद गर्न ओम्नी कम्पनीसँग सम्झौता भएको मलाई थाहा नै छैन भनेर बैठकमा भन्नुभएको हो ?
उहाँले के भन्नुभयो, के भन्नुभएन भन्दा पनि स्वास्थ्य सामाग्रीहरु किन्ने सन्दर्भमा अनियमितता भयो भनेर सार्वजनिक मिडियाहरुले व्यापक रुपमा प्रश्न उठाएका छन् । त्यसमा राष्ट्रियदेखि सोसल मिडियासम्म भरिभराउ अवस्थामा छताछुल्ल छ । त्यसकारण यस विषयमा के भएको हो भनेर हामीले सोध्यौं । प्रधानमन्त्रीले पनि यसबारेमा म पनि गम्भीर छु, हेर्दै, अध्ययन गर्दैछु भन्नुभयो । हामीले त्यसबारेमा छानविन हुनुपर्छ । यदि अपराधीहरु छन् भने उनीहरुमाथि कडाभन्दा कडा कारबाही हुनुपर्छ भन्यौं । नेकपा जुनसुकै खालका भ्रष्टाचारविरुद्ध लड्दै आएको पार्टी हो । यसले जुनसुकै नेताले पनि अनियमितता गर्दछन् भने त्यो कुरा सहन गर्दैन । त्यसकारण यो पार्टीको अध्यक्ष तपाईंहरु गम्भीर हुनुपर्छ, यो विषयमा गम्भीर रुपले छानविन हुनुपर्छ भनेर हामीले कुराहरु राखेका छौं ।
तपाईहरुले यी कुरा राखिसकेपछि प्रधानमन्त्रीको प्रक्रिया के आयो ? ओम्नी कम्पनीको अभैm पनि विभिन्न ठाउँमा संलग्नता देखिन्छ नि ?
यसमा प्रधानमन्त्रीले केही पनि भएको छैन भन्न सक्नुभएन । उहाँले कतिपय कुराहरु मलाई र सम्बन्धित मन्त्रीलाई पनि थाहा छैन । तर, पनि त्यसबारेमा हामी अध्ययन गरिरहेका छौं । यदि अनियमितता भएकै रहेछ भने म कारबाहीको विषय बनाउँछु भन्नुभएको छ ।
अहिले सरकारसँग बहुमत छ, यस्तो अवस्थामा औषधिजन्य चिजमा कसरी भ्रष्टाचारको कुरा आयो ?
यो सरकारसँग दुईतिहाई बहुमत छ । आमजनताको समर्थन छ । सबै नेताहरुले यसलाई समर्थन गरेका छौं । त्यसकारण यो सरकारलाई कतैबाट अप्ठ्यारो छैन, राम्रो ढंगले काम गर्नुपर्छ । अहिले पारदर्शी ढंगले काम गर्नुपर्छ । त्यस्तो देखिएन भने पार्टी स्वयंले पनि विचार गर्नुपर्ने स्थिति आउँछ । सरकारमा मन्त्रीहरुले आमजनता र पार्टीको इच्छा र आकांक्षालाई बुझेर काम गर्नुपर्छ यसको अगुवाइ प्रधानमन्त्रीले गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।
यो अनियमितताको अख्तियार राम्रोसँग छानविन गर्न सकेन र सरकारले भनेजस्तो काम गर्न सकेन भने प्रधानमन्त्रीको विकल्प नेकपाले खोज्न सक्छ ?
अहिलेको अवस्थामा जनताको इच्छा र आकांक्षालाई बुझेर यो महमारीबाट जनता र देशलाई जोगाउने काम यो सरकारले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्छ । यसको अरु विकल्प छैन । त्यसकारण सरकारलाई पनि हामीले त्यही कुरा भनेका छौं । सरकारले राम्रोसँग काम गर्न सकोस् । स्वास्थ्य सामाग्रीहरु पारदर्शी ढंगले बाहिरबाट मगाइयोस् । अहिले पनि सबै ठाउँमा स्वास्थ्य सामाग्रीहरु राम्रोसँग पुगेका छैनन् । अहिलेसम्म पनि जति परीक्षण हुनुपर्ने हो त्यो भएको छैन । खासगरी भारतबाट आएका कयौं मानिसहरुमा संक्रमण छ कि भन्ने आशंका जनमानसमा फैलिएको छ । त्यसलाई चिर्ने गरी हाम्रो परीक्षणको काम अगाडि बढाउनुपर्छ । जनतालाई विश्वास दिलाउने गरी काम गर्नुपर्छ भनेर हामीले भनेका छौं । यो सरकारको के विकल्प छ र ? यदि उसले राम्रोसँग काम गर्न सकेन भने त पार्टीले सोच्छ नि ।
यो सरकारले भनेजस्तो काम गर्न सकेन भने तपाईंहरु प्रधानमन्त्रीको विकल्प खोज्नुहुन्छ नेकपा सचिवालयको बैठकको निर्णय यही हो ?
ऋषिजी अहिले नै हाइपोथेसिसका आधारमा विकल्प नै खोज्नेतिर नजाऔं । त्यहाँसम्म पुग्ने अवस्था आइसकेको छैन । तर, हामीले प्रधानमन्त्रीलाई पटक–पटक भनिरहेका छौं । बैठकहरु चाँडोचाँडो हुनुपर्छ भनेर मैले पनि माग गरेको हुँ । त्यसकारण बैठक भयो राम्रो हो । कमसेकम हामीले छलफल गर्ने मौका पायौं । प्रधानमन्त्रीलाई भन्ने र सुझाव दिने मौका पनि पाइयो । अहिले सरकारलाई प्रभावकारी ढंगले काम गर्ने बल मिलेको छ । त्यसलाई उहाँले सदुपयोग गर्न सक्नुपर्छ । त्यसको सहयोग गर्ने प्रधानमन्त्रीको काम हो । अरु कुरा हामी उहाँको भविष्यको काम हेरेर मात्रै भन्न सक्छौं ।
पार्टीका शीर्ष नेताहरुले भनिरहनुभएको छ, कतिपय ठाउँमा स्वास्थ्य सामाग्री पुगेको छैन भनेर, अनियमितता भएको भन्दा प्रधानमन्त्री बेमौसको बाजा भन्ने अनि तपाईंहरुको ध्यान कता गएको छ ?
हामीले प्रधानमन्त्रीलाई ‘आवश्यक सामाग्रीहरु चाँडोभन्दा चाँडो ल्याइयोस्’, भनेका छौं । ‘अझ प्रभावकारी ढंगले उपचार गर्न सक्ने अवस्थामा अस्पताललाई पु¥याइयोस्, अहिले सबैले सरकारलाई हेरिरहेका छन् ।’ यो अवस्थाबाट जनतालाई उमुक्ति दिलाउने निर्णय फ्याक्टर सरकार हो । यो बेलामा सरकार प्रभावकारी भएन भने राष्ट्र लथालिङ्ग हुन्छ । त्यसकारण सरकारले प्रभावकारी काम गरोस् । त्यो काम गर्नका लागि जनताको स्वास्थ्य सुरक्षाका लागि सरकार सफल हुन सक्नुपर्छ । सफल भयो भने मात्रै सरकारको औचित्य सावित हुन्छ । त्यसैले अहिले कुनै प्रकारको मोलाइजा गर्ने ठाउँ छैन । यसले राम्रा काम गर्नैपर्छ त्यसको विकल्प छैन । अहिले सरकारलाई सिंगो पार्टी, प्रतिपक्ष र सम्पूर्ण दलले साथ दिएको छ । यस्तो मौकामा पनि हाम्रा कुनै पनि मन्त्रीहरुले अनियमितता र स्वार्थी ढंगले सोच्छन् । पारदर्शी ढंगले काम गर्दैनन् भने त्यो अत्यन्त दुःखद् कुरा हुन्छ । त्यसकारण पार्टीबाट हामीले सरकारलाई सहयोग पनि गरिरहेका छौं साथसाथै चेतावनी पनि दिइरहेका छौं । पार्टीको नीति र भावना अनुरुप सरकारले काम गर्नुपर्छ भन्ने हाम्रो धारणा हो ।
मन्त्रीहरुले पार्टीको भावना अनुसार काम गर्न सकेनन् भने हट्न सक्छन् हो ?
निसन्देह नै हट्न सक्छन् । पार्टीले चाहेको निर्णय, नीति र निर्देशनको आधारमा सरकार चल्न सकेन भने सोच्न वाध्य हुनुपर्छ । कुनै मन्त्रीले त्यसरी काम गर्न सकेनन् भने मन्त्रीका बारेमा पनि सोच्नुपर्ने हुन्छ । योभन्दा पहिला पनि कपय कुरा उठेको तपाईंले देखिसक्नुभएको छ । त्यसकारण काम राम्रो गर्नुप¥यो । त्यो जनता, राष्ट्र र पार्टीको हितमा हुनुपर्छ । अहिलेको आवश्यकता भनेको त्यही हो ।
कोरोनाविरुद्ध लड्न सरकारले चालेको कदम कति सफल कति असफल त ?
अहिले हामीहरु लकडाउनको अवस्थाबाट अगाडि बढिरहेका छौं । यो महामारीकोविरुद्ध लड्ने सशैभन्दा ठूलो शक्ति भनेको लकडाउन हो । चाहे चीनमा, चाहे युरोपमा यसको ठूलो औषधि लकडाउन नै भयो । आज अमेरिकामा १९०० सय मान्छे एकै दिनमा मरिराखेका छन् । त्यो देशमा कति ठूलो आपत र आतंक मच्चिएको छ । उसले पनि पछिल्लो औषधि लकडाउन नै अपनाएको छ । संसारकै शक्तिशाली देश अमेरिकाले पनि लकडाउन जस्तो हतियार अपनाउनुपरेको छ । हामी पनि त्यही हतियारमा छौं । त्यसमा सरकार सफलै छ । यसलाई सहयोग गर्ने औषधि उपकरणहरु, चिकित्सकहरु र सुरक्षा व्यवस्थामा सरकारले प्रभावकारी ढंगले काम गर्नुपर्छ । लकडाउनका कारण सर्वसाधारमा पर्ने अप्ठ्याराहरुमा पनि सरकार त्यत्तिकै प्रभावकारी रुपमा अगाडि बढ्नुपर्छ । अनि मात्रै सरकार सफल हुन्छ ।
सरकारले त लकडाउनलाई वैशाख ३ गतेसम्म मात्रै घोषणा गरेको छ, त्यो लम्बिन्छ कि त्यहीं सीमित हुन्छ ?
यसको अचुक उपाय लकडाउन नै सावित भएकाले अहिले पनि खतराहरु मडारिइरहेका छन् । खासगरी दक्षिणतिरबाट हुने आवागमन हाम्रो निम्ति सबैभन्दा ठूलो जोखिम हो । त्यो अभैm रोकिएको छैन । आगामी दिनमा भारतमा कस्तो परिस्थिति सिर्जना हुन्छ त्यसले पनि हामीलाई प्रभावित गर्छ । भारतमा पनि लकडाउन अभैm लम्ब्याउनुपर्छ भन्ने सम्भावना देखा परिरहेको छ । यदि भारतमा लम्बियो भने नेपालमा पनि अटोमेटिक लम्ब्याउनुपर्ने हुन्छ । र, लम्बिने सम्भावना देखिरहेको छु ।
अहिलेको अवस्थामा लक्षित वर्ग र समुदायले राहत पाएका छैनन्, त्यसमा राजनीति भइराखेको छ, किन भन्नुस् त ?
तपाईंले जुन प्रश्न गर्नुभयो, यो प्रधानमन्त्रीले पनि देखिरहनुभएको छ । यसको बारेमा सरकार र प्रधानमन्त्रीले गम्भीर रुपमा सुन्नुपर्छ । सम्बन्धित मन्त्रीले पनि सुन्नुपर्छ । र, यसको व्यवस्थापन प्रभावकारी ढंगले अगाडि बढाउनुपर्छ ।
दिनभरि काम गरेर बिहान, बेलुका हातमुख जोर्ने मजदूरहरुको लागि राहत खोइत ?
अहिले सरकारले देशका नगरपालिका, गाउँपालिका र त्यसका पनि वर्डाहरुलाई राहत बाँड्न निर्देशन गरेको अवस्था छ । म अहिले काठमाडौंको १५ नं. वर्डामा बस्छु । यहाँपनि कतिपय राहत पाउनुपर्ने मान्छेले नपाएको संख्या देखियो । मैले वडा अध्यक्षसँग कुराकानी गरेँ । उहाँले राहत बाँड्ने कुराको सुनिश्चितता गर्छौं, त्यसको व्यवस्था मिलाउँदै छौं भन्नुभएको छ । त्यसैगरी देशभरिको अवस्था हो । सबै वडा अध्यक्षहरुलाई राहत बाँड्ने भन्ने भएको छ । तर राहत वाँड्ने कुरामा अहिले पनि को चाहीं लक्षित वर्ग र समुदाय हो । त्यो अभैm पहिचान भएको छैन । राहत पाइन्छ भने पनि जो मान्छे पनि आउनेखालेको अवस्था छ । वास्तवमा राहत पाउने अवस्था कसको हो ? त्यो वर्ग र समुदाय पहिचान हुनेखालको मेकानिजम सरकारसँग हुनुपर्छ ।
भारतलगायत विदेशमा बस्ने नेपालीहरु हामी नेपाल फर्कन चाहन्छौं भन्छन् यसमा सरकारको रणनीति के छ ?
अहिलेको अवस्थामा जुन देशमा रहेका नेपालीहरु भएपनि त्यहीले लकडाउनको प्रभावकारी उपाय अपनाएको छ । त्यही उपाय अपनाएर आफूलाई रक्षा गर्दै रहनुको अर्को विकल्प छैन । त्यसैले भारतमा रहेका नेपालीहरु पनि त्यहीका नागरिसरहका सेवा सुविधानबाट बञ्चित हुनुपर्दैन । त्यसको लागि नेपाल सरकारले कुरा गरिरहेको छ । अन्यु मुलुकका सन्दर्भमा पनि हाम्रा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले कुराकानी गर्नुभएको छ । त्यसैगरी सबै ठाउँका नेपालीहरुका लागि सरकार लागिपरेको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्