Logo

मुख्यमन्त्री पोखरेलले उठाए प्रश्न : लकडाउनको अर्थ लकडाउन नै हो, बरु बेखर्चीलाई राहत देउ



काठमाडौं, २७ चैत्र । प्रदेश नम्बर ५ का मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले केन्द्र सरकारले भोलि र पर्सी काठमाडौं उपत्यकाबाट घर जान चाहनेहरुको लागि जान दिने भनेर गरेको निर्णयको विरोध गरेका छन् । उनले केन्द्र सरकारको निर्णय आएलगत्तै उक्त कुरा सत्य नहोला भन्दै प्रश्न उठाएका छन् ।

उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्,”काठमाण्डौवाट वाहिर जानदिने र वाहिरवाट काठमाण्डौ जान नदिनेकुरा सत्य होइन होला । लकडाउनको अर्थ लकडाउननै हो। वरु वेखर्चीलाई राहत देउ।” त्यस्तै, प्रदेश नम्बर ५ मा जो जहाँ छन् त्यही बस्न समेत उनले अपिल गरेका छन् । उनले थप भनेका छन्,-“प्रदेश ५मा जो जहाँ छौ त्यही वसौ, समस्याभए वडा कार्यालयमा सम्पर्क गरौ।३ गतेपछि सिमित मात्रामा ठाउहेरी आउजाउ खोल्न सकिन्छ।धैर्य गरौ।”  FILE PHOTO



प्रतिक्रिया दिनुहोस्