Logo

लकडाउनको आज १७ औं दिन : काठमाडौं उपत्यकामा सुरक्षा कडाई (फोटोफिचर)



काठमाडौं, २७ चैत्र । आज लकडाउनको १७औं दिन हो । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाएको हो । यो अवधिमा जनताले सरकारको आदेश पालना गरेका छन् । लकाउन आगामी २०७७ साल बैशाख ३ गतेसम्म कायम गरिएको छ । नेपालमा अहिलेसम्म ९ जनामा कोरोनाको संक्रमण देखिएको थियो । जसमध्ये एक जना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकी ८ जना उपचाररत छन् ।

कोरोना लकडाउनको १७ औं दिन काठमाडौं उपत्यकाको अवस्था नियाँल्दा सरकारले लकडाउनको आदेश पालनामा निकै कडाई गरेको छ । सडकमा अनावश्यक निस्किनेहरुलाई सुरक्षाकर्मीहरुले केरकार गर्ने गरेका छन् । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार प्रवेशद्वारमैं मन्त्री, सचिवदेखि सबैलाई ज्वरो नापेर प्रवेश गराईएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पनि ज्वोरो चेकजाँच पछिमात्रै प्रवेश दिईएको थियो । त्यस्तै, सुरक्षाकर्मीद्वारा गाडीको टायरमा किटनाशक औषधि छर्केपछि मात्रै सवारी प्रवेश दिईएको थियो भद्रकाली मैं विना पास दौडेका ५७ वटा मोटरसाईकल होल्ड गरिएका थिए । हेर्नुहोस हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले कैद गरेका तीस तस्विर :

 



प्रतिक्रिया दिनुहोस्