Logo

भोलि र पर्सि काठमाडौं उपत्यका बाहिर जाने दिने निर्णय भएकै छैन, यो अफवाह हो : यातायातमन्त्री नेम्बाङ



काठमाडौं, २७ चैत्र । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्बाङले सरकारले भोलि र पर्सि काठमाडौं उपत्यका बाहिर जान चाहनेहरुको लागि खुल्ला गरेको भनेर आएको समाचार सत्य नभएको स्पष्ट पारेका छन् । उनले आज कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको कुनै बैठक नै नबसेको समेत जिकिर गरे ।

प्राईम टाईम्स टेलिजिभनको लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो स्पष्ट पारेका हुन् । उनले भने,”आज उच्चस्तरीय समितिको बैठक बसेको छैन् । हामी चार जना मन्त्रीहरु भेला भएर छलफल गरेका हौं । त्यो पनि काठमाडौंबाट पैदल हिँडेर गएकाहरुको बिच बाटोमा विचल्ली भएका खबर आएपछि उनीहरुको लागि के गर्न सकिन्छ भनेर छलफल भएको हो । तर, यातयात खुलाउनेबारे कुनै निर्णय भएको छैन् ।”

उनले आगामी बैशाख ३ गतेसम्म लकडाउन कायम रहेकोले कोही पनि आवातजावत गर्न नमिल्ने स्पष्ट पारे । उनले भने,”लकडाउनको आदेश सबैले पालना गरौं । लकडाउन बैशाख ३ गतेसम्म गरिएको छ । यसमा सबैले ध्यान दिनुपर्छ । जहाँसम्म भोली र पर्सि काठमाडौं उपत्यका बाहिर जान दिने निर्णयको कुरा छ, यो सत्य होईन् । यसबारेमा कुनै निर्णय भएको छैन् । छलफलसमेत भएको छैन् ।”



प्रतिक्रिया दिनुहोस्