Logo

डा. सिलवालद्धारा एक महिनाको सरकारी तलब नगरपालिकाको कोरोना कोषमा जम्मा



काठमाडौं, २७ चैत्र । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. शिवजी बिक्रम सिलवालले नेपाल सरकारबाट प्राप्त गर्ने तलबबाट एक महिनाको तलब रकम ललितपुर महालक्ष्मी नगरपालिकाको कोरोना कोषमा जम्मा गरेका छन् । सिलवाल उपराष्ट्रपति नन्दबहादुर पुनका निजी चिकित्सक हुन् । उनको दर्जा रा.प. विशिष्ट श्रेणी हो ।

सिलवाल उक्त नगरपालिकाको वडा नम्बर ९ का स्थायी वासिन्दा हुन् । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि आगामी बैशाख ३ गतेसम्म लकडाउन लगाएको छ । कोरानोविरुद्ध लड्नको लागि सरकारले कोष खडा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्