Logo

किशोरी बलात्कार गर्ने पक्राउ



तेह्रथुम, २७ चैत्र । जबरजस्ती करणी गरेको अभियोगमा काली बहादुर लिम्बुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी तथा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा फेदाप गाउँपालिका पोक्लावाङ बस्ने लिम्बुलाई पक्राउ गरेको हो ।

सोही ठाउँ बस्ने १७ वर्षीया किशोरीलाई गत शुक्रबार राति जबरजस्ती करणी तथा १३ वर्षीया किशोरीलाई बुधबार साँझ जबरजस्ती करणी उद्योग गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पोक्लावाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्