Logo

बाबुलाई भाला प्रहार गर्ने पक्राउ



धनकुटा, २७ चैत्र । धारिलो हतियार भाला प्रहार गरी घाइते बनाएको अभियोगमा एकजनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुबा ५० वर्षीय गोपाल लिम्बुलाई धारिलो हतियार भाला प्रहार गरी घाइते बनाइएको अभियोगमा चौबिसे गाउँपालिकाका बिनोद लिम्बुलाई पक्राउ गरेको हो ।

बिनोदले घरायसी विवादको कारण भालाले ढाडमा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बिट मौनाबुधुकबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । भाला प्रहारबाट घाइते भएका गोपाललाई स्थानीय स्वास्थ्य चौकी मौनाबुधुक हुँदै थप उपचारका लागि धरान घोपातर्फ रिफर गरिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्