Logo

लकडाउनमा जुवा खेल्ने पक्राउ



मकवानपुर, २७ चैत्र । जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । मकवानपुर हेटौंडा उपमहानगरपालिका मैदा टोलमा जुवातास खेलिरहेको अवस्थामा २२ हजार ५ सय ४५ रुपैयाँ र १८ बुक तास सहित ८ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका मैदा टोल बस्नेहरु रामेश्वर राई, अशोक थापा, चित्र शिवभक्ति, सुमन थापा, सुदिप अर्याल,सागर राई, आकाश बिष्ट र सोही उपमहानगरपालिका कमल डाँडाका बिजय राई रहेका छन् । उक्त ठाउँमा तास खेलिरहेको सूचनाको आधारमा बागमति प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्