Logo

आलोचना मात्र होइन, विकल्प दिने क्षमता राख्नुपर्छ–रेखा थापा



काठमाडौ, २७ चैत्र । देश कोरोनाको त्रासले लकडाउन लगाउन बाध्य भएको बेला नायिका रेखा थापाले आलोचना नगरी समाधानको विकल्प खोज्न आग्रह गरेकी छिन् । नायिका थापाले पछिल्लो समय चलचित्र भन्दा राजनितीमा व्यस्त छिन् ।

उनले फेसबुकमा आक्रोस पोख्दै लेखेकी छिन्, दोष मात्र देख्नु पनि एउटा रोग हो कि क्या हो ? समाधानको उपाय निकाल्न जिम्मेवारीको महसुस हुनुपर्छ जस्तो लाग्छ । यस्तो बेलामा पुरै देशले आलोचना होइन कुनै बिकल्प दिने क्षमता खोजेको छ । नभए मजाले मौन बसेर लकडाउनको फाइदा उठाउदा राम्रो ।



प्रतिक्रिया दिनुहोस्