Logo

भारतको सरकारी रेल सेवाद्वारा ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन



२७ चैत  : भारतको रेल सेवा प्रदायक सरकारी निकायले ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन गरेको छ ।देशव्यापी लकडाउन लागु भएपछि रेल यातायात बन्द भएकाले रेल सेवाले ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन गर्न थालेको हो ।कोरोना भाइरसको सङ्क्रमण फैलिन थालेपछि भारतमा यही अप्रिल १४ सम्मका लागि २१ दिने लकडाउन लागु गरिएको छ ।

रेल सेवाले अहिलेसम्म झण्डै छ लाख ‘मास्क’ र ‘सेनीटाइजर’ झण्डै ४० हजार लिटर उत्पादन गरेको छ । रेल सेवाद्वारा जारी वक्तव्यमा कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि रोकथाम गर्न अत्यावश्यक पर्ने सामग्री उत्पादन गर्न लागिएको उल्लेख छ ।

भारतको स्वास्थ्य मन्त्रालयको प्रयासलाई सम्पूर्ण क्षमताले भ्याएसम्म सहयोग गर्नेगरी काम भइरहेको रेल सेवाले जनाएको छ । रेल सेवाका सवै अञ्चल कार्यालय, उत्पादन इकाई लगायतका कार्यालयमा सस्तो र गुणस्तरयुक्त ‘मास्क’ र ‘सेनीटाइजर’ उत्पादन भइरहेको वक्तव्यमा लेखिएको छ ।

रेल सेवाले यही अप्रिल ७ सम्ममा पाँच लाख ८२ हजार ३१७ मास्क र ४१ हजार ८८२ लिटर सेनीटाइजर उत्पादन गरेको बताइएको छ । रेल सेवाका सवै कर्मचारीहरुलाई यी सामग्रीहरु उत्पादनका लागि परिचालन गरिएको वक्तव्यमा जनाइएको छ । उनीहरुलाई कोरोना भाइरसको सङ्क्रमण हुन नदिनका लागि उच्च सतर्कता र सुरक्षा निर्देशनलाई पालना गर्न लगाइएकोे रेल सेवाले स्पष्ट पारेको छ ।

स्वास्थ्य सुरक्षा निर्देशिकामा सवै कर्मचारीले मास्क लगाउनु पर्ने, सेनीटाइजर वा सावुन पानीले हात सफा गर्ने, सामाजिक दुरी कायम गर्नु पर्नेलगायतका कुरा उल्लेख गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्