Logo

इटालीमा कोरोनाबाट एक सय डाक्टरको मृत्यु



एजेन्सी, २७ चैत्र । कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । त्यहाँ झण्डै १८ हजारको मृत्यु भइसकेको छ । तर, इटालीले उपचारमा संलग्न एक सय डाक्टरलाई समेत गुमाइसकेको छ ।

इटालीको शल्यचिकित्सक र दन्तचिकित्सकको संगठनले एक सय डाक्टरको मृत्यु भइसकेको तथ्यांक राखेको छ । बिहिबार नेस्नल फेडरेशन अफ अर्डरस अफ सर्जन्स एन्ड डेन्टिस्टले उक्त तथ्यांक राखेको हो ।

इटालीमा बुधबारसम्म ६ हजार ५०० स्वास्थ्यकर्मी कोरोना भाइरसको संक्रमित भइसकेको तथ्यांक छ । यसबाट त्यहाँका स्वास्थ्यकर्मीले ज्यानको बाजी लगाएर उपचारमा आफूलाई समर्पित गरिरहेको देखिन्छ ।

इटाली विश्वमै उत्कृष्ट स्वास्थ्य सेवा भएको देशमा पर्छ । तर, इटालीमा धेरै मानिसको मृत्यु भइसकेको छ । तथापि एक सय वर्ष नाघेकाहरु पनि संक्रमित भई रोगलाई जित्न सफल भएका छन् ।-File Photo: Reuters



प्रतिक्रिया दिनुहोस्