Logo

तेल उत्पादन घटाउन ओपेकको बैठक बस्दै गर्दा उक्लियो मूल्य



एजेन्सी, २७ चैत्र । विश्व बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । तेल उत्पादक देशहरुको समूह ओपेकसहित केही ठूला उत्पादकहरुको बैठक शुरु हुँदै गर्दा मूल्य वृद्धि भएको हो ।

पछिल्लो मूल्यमा कच्चा तेलको मूल्य २५ डलर पुगेको छ । ब्रेन्ट क्रुडको मूल्य ३३ डलर प्रति ब्यारल छ । ओपेक बास्केटको २१ डलर पुगेको छ ।

अनलाइन मार्फत् बैठक बसिरहेको हो । बिहिबार शुरु भएको बैठकमा तेलको उत्पादन कटौतीबारे छलफल हुनेछ । यसको निर्णय बैठक सकिएपछि मात्र आउने बुझिएको छ । बैठकले तेलको उत्पादन कटौती गर्ने निर्णय गर्नसक्छ ।

कोरोना भाइरसका कारण विश्वभर आर्थिक संकट छ । अधिकांश देशहरुमा लकडाउनका कारण तेलको खपत ह्वात्तै घटेको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्