Logo

साउदी राजपरिवारमा कोरोनाको महामारी, राजा र राजकुमार आइशोलेशनमा



एजेन्सी, २७ चैत्र । साउदी राजपरिवारमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । कम्तिमा पनि १५० राजपरिवारका सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

न्यु योर्क टाइम्सको रिपोर्ट अनुसार साउदी राजपरिवारका १५० जति सदस्यमा कोरोना संक्रमण भेटिएको हो । संक्रमितहरुमा ७० वर्ष कटेका साउदी राजकुमार फैसल बिन बन्दर बिन अब्दुल अजिज अल साउद पनि छन् । उनलाई आइसियुमा राखिएको छ ।

साउदी राजा सलमान र राजकुमार मोहम्मद बिन सलमान पनि आइशोलेशनमा छन् । राजपरिवारका सदस्य संक्रमित हुनथालेपछि रियादको विशेष अस्पतालमा ५०० शैया तयार गर्न थालिएको छ । उच्च शतर्कता अपनाइएको खबर छ ।

साउदी अरेबियामा एक हजारभन्दा बढी राजपरिवारका सदस्य छन् जो युरोप र अमेरिका पुगिरहन्छन् । त्यसले पनि संक्रमण फैलिएको हुनसक्ने जनाइएको छ ।

अहिले साउदी अरेबियामा तीन हजारभन्दा बढी संक्रमित भइसकेका छन् । मृत्यु हुनेको संख्या ४० नाघिसकेको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्