Logo

अमेरिकामा डेढ करोड बेरोजगार



एजेन्सी, २७ चैत्र । अमेरिकामा बेरोजगार संख्या हप्तैपिच्छे बढिरहेको छ । त्यहाँ डेढ करोडभन्दा बढी काम गर्न सक्ने उमेर समूहका मानिसले जागिर गुमाइसकेका छन् ।

अमेरिकी सरकारको बेरोजगार दाबी सूचीमा यस हप्ता ६६ लाख मानिसले दाबी दर्ता गरेका छन् । योसँगै त्यहाँ एक करोड ६६ लाख मानिस बेरोजगार भइसकेको तथ्यांक छ ।

अमेरिकामा १० जनामा एक जना बेरोजगार भइसकेको तथ्यांक छ । कोरोना भाइरसको संक्रमणका कारण अमेरिकी अर्थतन्त्रमा ठूलो धक्का परिरहेको छ । त्यहाँ चार लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । त्यहाँ धेरै स्थानमा लकडाउन छ ।



प्रतिक्रिया दिनुहोस्