Logo

वरिष्ठ नेता पौडेलद्वारा विज्ञसँग छलफल



काठमाडौँ, २७ चैत : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना भाइरस सङ्क्रमणको सामाजिक तथा आर्थिक प्रभावसँगै अत्यावश्यक कृषिउपजको उत्पादन, बजारीकरण र व्यवस्थाबारे सहजीकरण कसरी गर्न सकिन्छ भनेर सम्बन्धित विज्ञ समूहसँग छलफल गरेका छन् ।

उहाँले भिडियो कन्फरेन्समार्फत आज सो विषयमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षद्वय डा गोविन्द पोखरेल र डा स्वर्णिम वाग्ले, प्रा डा गरेका थिए । छलफलमा उहाँहरुले अर्थतन्त्र उकास्नका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएका नेता पौडेलको सचिवालयले जनाएको छ ।

छलफलमा वरिष्ठ नेता पौडेलले विज्ञसँग आजको युगअनुसारको प्रविधिको प्रयोग कृषिमा कसरी गर्न सकिन्छ भन्ने सुझाव मागेका थिए । छलफल कृषि उत्पादन, कृषि मजदूर, कृषिउपज र त्यसको ढुवानीका विषयमा केन्द्रित रहेको र विज्ञले कृषि क्षेत्रबाट अर्थतन्त्र सुधार गर्न भूमि बैंकको व्यवस्था, सहकारीको सक्रियतामा वृद्धि गर्नुपर्ने बताउनुभएको थियो । साथै उनीहरुले कृषि क्षेत्रलाई राहत दिनुपर्ने, कृषि क्षेत्रले दिनसक्ने प्रतिफलका आधारमा विषेश प्याकेजको घोषणा गर्नुपर्ने सुझाव दिएका थिए । File Photo



प्रतिक्रिया दिनुहोस्