Logo

लकडाउनमा बन्द भएको बेलिज क्यासिनो नेपालले कर्मचारीको सेवा सुविधा रोकेन



दुई सय विपन्न परिवारलाई खाद्यान्न वितरण गर्दै प्रवन्ध निर्देशक श्रेष्ठ
काठमाडौं, २७ चैत्र । अहिले मुलुक लकडाउनमा छ । सबै उद्योग तथा व्यवसायहरु बन्द प्रायः छन् । कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि सरकारले यो कदम चालेको हो । सरकारको कदममा आम नागरिकको पूर्ण साथ र सहयोग रहँदै आएको छ । आज लकडाउनको १७औं दिन हो । लकडाउन आगामी २०७७ बैशाख ३ गतेसम्म कायम गरिएको छ ।

लकडाउनको सबैभन्दा ठूलो मार पर्यटन क्षेत्रमा परेको छ । होटल तथा क्यासिनो सबै बन्द छन् । कर्मचारीहरु आ आफ्नो घरमा बस्न बाध्य छन् । उनीहरुलाई विदा दिईएको छ । ठूला ठूलो उद्योग तथा कलकारखाना बन्द भएकोले कर्मचारीहरुलाई बेतलबी विदा दिईएको समाचारसमेत बेला बेलामा आईरहेका छन् । तर, काठमाडौंको लैनचारमा अवस्थित् होटल मल्लमा सञ्चालित बेलिज क्यासिनो नेपालले भने विदामा बसेका कोही पनि कर्मचारीको तलबलगायतका सेवा सुविधा नकाट्ने भएको छ ।

क्यासिनोका प्रबन्ध निर्देशक ज्ञानेन्द्र श्रेष्ठले यो संकटको बेलामा पनि कोही पनि कर्मचारीको तलब नकाट्ने निर्णय गरेर मानवता देखाएका छन् । उनले लकडाउनकै अवस्थामा पनि कर्मचारीहरुलाई तलबको प्रवन्ध गरिसकेको छ । हाल उक्त क्यासिनोमा पाँच सय जना कार्यरत छन् । सबै कर्मचारीको तलब बेलैमा दिएकोले अहिले श्रेष्ठको सेवाभावको बारेमा चर्चा सुरु भएको छ ।

काम नगर्दापनि क्यासिनोले आफूहरुको तलब नकाटेको भन्दै आम कर्मचारी उत्साहित भएका छन् । त्यतिमात्रै होई, उक्त क्यासिनोका प्रवन्ध निर्देशक श्रेष्ठले काठमाडौं उपत्यकाका दुई सय विपन्न परिवारलाई खाद्यान्न उपलब्ध गराउने भएका छन् । जसमा २५ किलो चामल, एक केजी दाहाल, एक केजी नून र एक लिटर खाने तेल हुनेछ । तस्विर स्रोत/सामाजिक सञ्जाल फेशबुक



प्रतिक्रिया दिनुहोस्