Logo

भारतमा कोरोना संक्रमितको संख्या साँढे ६ हजार नाघ्यो



एजेन्सी, २७ चैत्र । भारतमा कोरोना भाइरस संक्रमितको संख्या साँढे ६ हजार नाघेको छ । मृतकको संख्या १९९ पुगेको छ ।

पछिल्लो २४ घन्टामा संक्रमित ५ सयभन्दा बढीले वृद्धि भएको छ । त्यहाँ ६ हजार ६ सय ५३ संक्रमित भइसकेका छन् ।

भारतमा कोरोना भाइरस रोकथामका लागि लकडाउन गरिएपनि संक्रमित वृद्धि भइरहेको छ । त्यहाँ विभिन्न राज्यले लकडाउनको समय थप्ने निर्णय गर्न थालेका छन् । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिने लकडाउनको घोषणा गरेका थिए ।-Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्