Logo

कोरोनाबाट अमेरिकामा हजारौंको मृत्यु हुनथालेपछि चिहानमा यस्तो देखियो



एजेन्सी, २८ चैत्र । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । दैनिक हजारभन्दा बढी मानिसको ज्यान गइरहेको छ । पछिल्लो तथ्यांक अनुसार त्यहाँ १६ हजार ६ सय ९१ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

मृतकको संख्या बढ्न थालेपछि त्यहाँ शव व्यवस्थापनको चुनौती देखिएको छ । चिहानहरुमा सामूहिक रुपमा शव गाँड्न थालिएको छ । चिहानको दृश्यहरु सार्वजनिक हुन थालेका छन् ।

अमेरिका बढी मृतक संख्यामा इटालीभन्दा मात्र पछाडि छ । संक्रमित संख्यामा अमेरिका सबैभन्दा अगाडि छ । ४ लाख ६८ हजार ५ सय ६६ जना संक्रमित भइसकेको तथ्यांक छ ।

अमेरिका कोरोना भाइरसको केन्द्रबिन्दु जस्तै बनेको छ । त्यहाँ अधिकांश राज्यहरुमा लकडाउन गरिएको छ । बेरोजगारीको चरम समस्या छ । एक करोडभन्दा बढी मानिसहरुले बेरोजगार भत्ताका लागि आवेदन दिइसकेका छन् । यो अमेरिकी इतिहासकै किर्तिमान छ ।-तस्बिर स्रोतः अलजजिरा 



प्रतिक्रिया दिनुहोस्