Logo

एनएमबी बैंकद्वारा प्रदेश सरकारलाई पिपिइ सहयोग



कैलाली, २८ चैत : कोभिड–१९ विरुद्घको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि एनएमबी बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एनएमबी बैंकका प्रतिनिधिहरु पुगी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई १०० थान पीपीइ हस्तान्तरण गरिएको एनएमबी बैंकले जनाएको छ ।

कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय÷व्यक्तिलाई सहयोग पुर्याउने उद्देश्यका साथ एनएमबी बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको बताइएको छ । सामाजिक उत्तरदायित्वअनुसार व्यक्तिगत सुरक्षा सामग्री (पीपीइ) हस्तान्तरण गरिएको एनएमबी वैंक धनगढी शाखा प्रबन्धक अमन जोशीको भनाइ छ ।

खाद्यान्न सहयोग

धनगढीमा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थाले लकडाउनका कारण छाक टार्न समस्या भएकाका लागि धनगढी उपमहानगरपालिको विपद् व्यवस्थापन समितिलाई खाद्यान्न उपलब्ध गराएका छन् ।

बिहीबार बैंक तथा वित्तीय संस्थाहरुले उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड र उपप्रमुख सुशीला मिश्र भट्टलाई खाद्यान्न तथा नगद उपलब्ध गराएका हुन् ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot