Logo

ओली र मोदीबीच फोनवार्ता, सीमामा अलपत्र नागरिकबारे छलफल



काठमाडौं, २७ चैत । प्रधानमन्त्री के पी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरेका छन् । सीमा बन्दका कारण सीमामा रोकिएका दुवै देशका नागरिबारे छलफल भएको प्रधानमन्त्रीले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

सीमा बन्द भएपछि एक अर्का देशका नागरिकलाई सम्बन्धित देशले सीमामा क्वारेन्टाइनमा राख्ने सहमित गरेका छन् । जअनुसार सीमामा भारततर्फ करिब दुई हजार नेपाली छन् । नेपालतर्फ करिब ६ सय भारतीय रोकिएका छन् । आ–आफ्नो देशका नागरिकको हेरचाहबारे छलफल भएको ओलीले जनाएका छन् ।

कोरोनाविरुद्धको सहकार्यलाई अझै मजबुत बनाउने विषयमा समेत छलफल भएको उनले ट्वीटरमा लेखेका छन् । ओलीले विभिन्न देशका सरकार प्रमुखसँग फोन गरी नेपालीहरुको बारेमा चासो राख्दै आएका छन् । दृष्टिबाट File Photo

 

 



प्रतिक्रिया दिनुहोस्