Logo

अमेरिकी शेयर बजार ४६ वर्षयताकै उच्च



२७ चैत : अमेरिकी शेयरले ४६ वर्षयताकै उच्च साप्ताहिक लाभ हासिल गरेको छ । कमजोर आर्थिक वृद्धिका बाबजुद अमेरिकी शेयरले सन् १९७४ पछिको सबैभन्दा अधिक साप्ताहिक लाभ हासिल गरेको हो ।

वाल स्ट्रीटको एसएण्डपी५०० शेयर सूचक यस हप्ता १२ प्रतिशतले बढेको छ । कोरोना भाइरसको महामारीबाट प्रभावित अर्थव्यवस्थाको समर्थनका लागि अमेरिकी केन्द्रिय बैंकद्धारा अधिक प्रोत्साहनका उपायहरुको घोषणासँगै अमेरिकी शेयरले उच्च लाभ हासिल गर्न पुगेको हो ।

कोरोना भाइरसका कारण विश्व अर्थव्यवस्था सुस्त भएसँगै वित्तीय बजारले पनि केही समयदेखि चरम अस्थिरताको सामना गर्नुपरिरहेको छ ।

विश्व अर्थव्यवस्थाका बारेमा चिन्तित लगानीकर्ताहरु सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित हुदाँ सुनको मूल्यमा समेत उच्च बढोत्तरी हुन पुग्यो । योसँगै सुनको मूल्य सात वषैयताकै उच्च स्तरमा पुग्यो । मेरोलगानी



प्रतिक्रिया दिनुहोस्