Logo

एकै दिन एक हजारभन्दा बढी कोभिड-१९ टेष्ट



काठमाडौं, २८ । सरकारले कोरोना भाइरसको संक्रमण भए नभएको टेष्टको दायरा बढाएको छ । आज एकै दिन एक हजारभन्दा बढीको नमूना परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोभिड १९ को टेष्टको दायरा बढाइएको बताए । उनले भने, ‘बितेको २४ घन्टामा ६ सय ३० नयाँ टेष्ट भइसकेको छ भने ८ सयभन्दा बढी नमूना टेष्ट भइरहेको छ ।’ दुवै तथ्यांक जोड्दा एक हजारभन्दा बढीको टेष्ट हुने भएको छ ।

१२५ आइशोलेशनमा रहेकामा उपत्यकामा १५ र उपत्यकाबाहिर ११० रहेका छन् । क्वारेन्टाइनमा ८ हजार ६ सय ६० रहेका छन् । ५ हजारभन्दा बढीको रयापिड टेष्ट भएको डा. देवकोटाले जानकारी दिएका छन् ।

अहिलेसम्म झण्डै चार हजारको टेष्ट हुँदा मात्र ९ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । जसमध्ये एक जना संक्रमित निको भइ घर फर्किइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्