Logo

चीनमा मासुका लागि प्रयोग गर्न पाइने जनावरको सूची तयार



एजेन्सी, २८ चैत्र । चीन सरकारले जङ्गली जनावरको मासु प्रयोगमा रोक लगाएपछि कुन कुन जनावर पालेर मासुमा खपत गर्न पाइने भनी सूची तयार गर्ने भएको छ । त्यसका लागि कानुन नै बनाउने गरी मस्यौदा तयार भएको जनाइएको छ ।

सीएनएनका अनुसार चीन सरकारले नयाँ मस्यौदा तयार गरेका छ जसमा मासुको प्रयोगका लागि कुन कुन जनावर पाल्न पाइने सूची समावेश छ । कोरोना भाइरसको महामारीका कारण चीनले कतिपय जनावरलाई मासुका लागि प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

जङ्गली जनावरको अवैध शिकार र मासुको प्रयोग वञ्चित गरिएको छ । कुकुरलाई समेत मासुका लागि प्रयोग गर्न वञ्चित गरिएको छ ।

मासुका लागि सुंगुर, कुखुरा, भेडा, गाई, अस्ट्रिच, मृग प्रजातिका जनावर मासुका लागि प्रयोग गर्न पालन समेत गर्न दिइने उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्