Logo

पर्याप्त छलफल गरेर दुई दिन गृह जिल्ला जाने व्यवस्था गर्छौँ : मन्त्री योगेश भट्टराई



चैत २८, काठमाण्डौ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्याप्त छलफल गरेर काठमाण्डौमा अलपत्र परेकालाई गृहजिल्ला जाने व्यवस्था गरिने बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मन्त्री भट्टराईले दुई दिन घर जान दिने विषयमा पर्याप्त छलफल गरेर नयाँ निर्णय गर्ने बताएका हुन् । अब निर्णय गर्दा पहिला नै सूचना दिएर पर्याप्त समय दिने मन्त्री भट्टराईले बताए ।

यसअघि हिजो दुई दिन गृह जिल्ला जान दिने निर्णय सरकारी संयन्त्रबाट नै सार्वजनिक भए पनि पछि निर्णय रद्ध गरिएको थियो । त्यसबारे जानकारी दिदै भट्टराईले प्रधानमन्त्री केपी ओलीले नै छलफल गर्ने भनेर उच्चस्तरीय समन्वय समितिमा छलफल भएको बताए । तर स्थानीय सरकारले विरोध गरेपछि निर्णय नगरिएको उनले जानकारी दिए ।

मन्त्री भट्टराईले नेपाल अझै पनि कोरोनाको जोखिममै रहेको पनि बताएका छन् । पछिल्ला दिनमा कोरोना परीक्षणलाई तिब्रता दिएको उनको दावी छ । हवाइ उडान कहिलेसम्म बन्द हुन्छ भनेर अहिले भन्न सकिने अवस्था नगरेको पनि उनले बताए । यो बेला राजनीतिक द्धन्द्ध गरेर समय खेर नफाल्न पनि उनले आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्