Logo

औषधीमा भ्रष्टाचार गर्नेलाई कारबाही नगर्नुभन्दा निच काम के हुनसक्छ- डा. सुन्दरमणि दिक्षित



काठमाडौं, २८ वैशाख । वरिष्ठ चिकित्सक एवं नागरिक अगुवा डा. सुन्दरमणि दीक्षित प्रष्ट बोल्छन् । कोरोना भाइरसविरुद्धको संक्रमणसँग जुध्न लकडाउन गर्नुपर्ने आवाज उनैले उठाएका थिए । कोरोना फैलिइसकेको ठोकुवा समेत गरेका थिए । अहिले उनी सरकारको कार्यशैलीप्रति तिव्र असन्तुष्टि व्यक्त गर्छन् । सरकारले कोरोना रोकथामका लागि चालेको कदमलगायतमा डा. दिक्षितसँग ऋषि धमलाले गरेको कुराकानीः
सरकारले हिजो दुई दिनका लागि उपत्यकाबाहिर जान पाउने भनेर निर्णय ग¥यो, त्यो दुईघण्टा पनि टिकेन यसमा तपाईं के भन्नुहुन्छ ?
अहिले सरकार जे काम पनि हचुवाको तालमा भइराखेको छ । कुनै प्लान र पलिसीबाट चलेको छैन । हिजो लकडाउन गर्दा पनि एकैदिनभित्रै निर्णय गरेर गरियो । यसले गर्दा घर जान चाहने मान्छेहरु पनि जान पाएनन् । हिजो फेरि दुई दिनका लागि बाहिर जान पाउने भनेर यो सरकारले कति बन्दोबस्त गरेछ त ? मान्छे पठाउने भनेपछि कुन मापदण्डमा पठाउने त ? आजसम्म लकडाउनमा बसेका मान्छेको चेकजाँच के गर्ने ? सार्वजनिक बस सामाजिक दुरी कसरी कायम गर्नेछ । त्यसको यातायातका साधन खोइ ? टिकट कसरी लिने ? यी काम गरिरहँदा भीडाभाड कत्तिको हुन्छ । यी सबै व्यवस्था पुरा गरेर पो अनि मान्छेहरुलाई यो पादण्डअनुसार दुई दिनभित्र जाऊ भन्नुपर्छ । यो सबै भइसकेपछि हिजो मन्त्रीले के भनेरे भन्दा ‘अब हामी सम्बन्धित व्यक्तिसँग कुरा गर्छौं’ यो कुरा त पहिला कनफर्म गरेर पो भन्ने त । त्यसैले यो सरकारसँग कुनै प्लान, पोलिसी केही छैन ।
कोरोना रोकथाम तथा उपचार भनेर उच्चस्तरीय कमिटि छ नि ?
त्यो कमिटी छ । त्यसले पनि यसरी हचुवाको भरमा काम गर्ने हो ? यो त जसलाई जे मन लाग्छ त्यो गर्ने हचुवा ताल भइगयो नि । मान्छे पठाउने हो भने बस कतिवटा व्यवस्था गर्ने । फेरि बस मालिक, ड्राइभरहरुले लान्छन् कि लाँदैनन ? चेकजाँचदेखि माक्स लगाउने कि नलगाउने । बसभित्र कति–कति दुरीमा बस्ने ३–३ फिट भनिएको छ । बसमा कस्ता र कति मान्छे हाल्ने हो ? यो कति वैज्ञानिक ढंगले प्लानिङ गर्नुपर्ने थियो । लकडाउनमा बसिरहेका मान्छेहरुलाई एक्कासी ‘तिमीहरु जाऊ भन्दैमा कसरी जाने कतिको त गाडीभाडा पनि छैन होला । टिक पाउनै कति भीडा होला । यहाँ कालीमाटी तरकारी बजार त भीड भयो भनेर रोकिदिए भने त्यसै बसमा जाऊ भन्दा यहाँ हज्जारौंको संख्यामा मान्छे अड्किएर बसेका छन् । मान्छे पठाउने भनेर पहिलै बजारमा भ्रम फैलाउने अनि व्यवस्था गर्दैछौं भनेर हुन्छ । पहिला सबै व्यवस्था गरेर ठिक्क पार्नुपर्छ अनि पो घोषणा गर्ने हो ।
त्यसोभए हिजो सरकारले गरेको निर्णय सही होइन ?
निर्णय गरेको थियो त्यो एकदमै सही हो । तर, पहिला व्यवस्थापन गरेर मापदण्ड बनाएर अहिलेसम्म लकडाउनमा बसेका जनता चेकजाँच लगायतका सुरक्षा व्यवस्था मिलाएर पठाउनुपर्छ ।
त्यसमा तपाईंहरुको समर्थन छ ?
पठाउनै पर्छ । उनीहरुले खानपाएका छैनन् । धेरै मानिसहरु अलपत्र परेका छन् । तर, पठाउँदा रोगको रोकथाम र नियन्त्रणको मापदण्ड अनुसार प्लानिङ गरेर सुरक्षित ढंगले त्यहाँका स्थानीय र प्रदेश सरकारसँग परामर्श गरेर पठाउनुपर्छ । यी कुनै व्यवस्था नै नभइ हिजो एकैछिनमा निर्णय गरेर त्यसै जाऊ भन्दिने कस्तो निर्णय हो यो ।
प्रदेश मुख्यमन्त्रीहरुले विरोध गरेर पनि सरकार निर्णय फिर्ता वाध्य भएको हो ?
अहिले सरकार पछि हटेको छ र ?
हिजै फेरि सरकारले यो निर्णय नै भएको छैन भन्यो नि ?
हो, यो सरकारको यही नै नहुने निर्णय हो । एसईईको परीक्षामा पनि हुन्छ–हुन्छ भन्यो अनि भोलि जाँच छ, सबै गाउँघरका विद्यार्थीहरु खाजा सामल बोकेर केन्द्रमा पुगिसके अनि हुँदैन भन्यो । त्यसैले कस्तो सरकार हो यो ? कमिटी बसेका छन् तिनले बुद्धि पुर्याएर गर्नुपर्दैन । यिनीहरुले यो कुरा बुझ्नुपर्दैन एउटा लगत निर्णयले, एउटा हचुवाको भनाइले जनतालाई कति मारपर्छ भन्ने बुझ्नुपर्दैन । सरकारका यस्ता गलत निर्णयले जनतालाई कति मार परिराखेको छ । एकै दिनमा तरकारी आइसक्यो कालामाटी बजार बन्द गरिदिने । एकै दिनमा घर जाऊ भनेर निर्णय गरिदिने । यस्तो काम कुनै विवेक भएको सरकारले गर्ला ।
मैले प्राइमटाइममा कुरा उठाउँदा मन्त्रीहरुले निर्णय भएकै छैन भन्नुभयो नि ?
अनि कसरी आयो त ? जसका कारणले आजसम्म सर्वसाधारण भ्रममै छन् ।
हृदयश त्रिपाठीले निर्णय भएकै होइन भन्नुयो नि ?
उहाँहरु बसेर छलफल गर्नुहुन्छ निर्णय भएको होइन भने कसले भन्यो त त्यो त पत्ता लागउनुपर्यो नि । पत्रकार त उहाँहरुको छलफलमा जानुभएको छैन होला । त्यस्तो जिम्मेवार ठाउँमा बसेर कसले गलत कुरा बाहिर ल्यायो त्यो पत्ता लगाएर कारबाही गर्नुप¥यो । सरकारी सुविधाभोग गरेर बसेका मान्छेले यस्तो प्रचार गर्दा त जनतालाई निकै अप्ठ्यारोपो पर्छ त । सरकारका आधारिक वेबसाइटमा राखिदिने त्यो सामाजिक सञ्जालदेखि सबै ठाउँमा समाचार पुग्यो । यति बेला मान्छेहरु कत्ति त बसपार्कतिर पुगिसके होलान् । सबैलाई थहा त हुँदैन सरकारले यतिछिट्टै फिर्ता लियो भनेर । एकातिर लकडाउनलाई कडाईं गर्ने भनेर पुलिसले तरकारी किन्न गएकालाई पनि लखेट्छन् । अर्कोतिर सरकार जिम्मेवार ठाउँमा बसेर घरजाऊ भन्छ । यसरी पनि कहीं देश चल्छ भन्या ऋषिजी । सरकारले पनि यस्तो हचुवाको तालमा कुरा गर्नुहुन्छ । सरकारले भनिसकेपछि लालमोहर हुनुपर्छ । ‘एकैछिनमा गरेको छ, फेरि एकैछिनमा गरेको छैन’, यस्तो पनि हुन्छ ?
तातोपानी भन्सार छुटमा माक्स र सेनिटाइजर भित्रियो नि के भन्नुहुन्छ ?
सामान आयो राम्रो कुरा हो । तर, त्यो सामान तोकिएको ठाउँ–ठाउँमा पुग्नुपर्यो नि । सही मात्रमा भ्रष्टाचार नभइकन तोकिएको ठाउँमा पुग्नुपर्छ । तपाईंले भन्नुभयो ३ गतेसम्म हो सरकारले त्यो समयसम्म राम्रो ढंगले व्यवस्थित गरोस् त्यसपछि जो घरजान नपाएर अड्किएर बसेका छन् । तिनलाई व्यवस्थित ढंगले पठाउने व्यवस्था गरोस् ।
तपाईलाई थाहा छ ? सुलभ अग्रवालले ५ करोड मूल्य पर्ने सामान २५ करोड नाफा खाएर बेच्नुभएको रहेछ खोइत कारबाही ?
त्यही त हाम्रो देश दण्डहीनताको मुलुक भनेर त हामीले भनिसकेका छौं । यो मुलुकको पहिचान नै दण्डहीनता छ । भ्रष्टाचारका कुरा आए कि तैँ चुप मैं चुप हुन्छन् । किन भने सबै केही न केही दोषी छन् । खाली संख्यमा मात्रै तलमाथि हो । त्यस्तो बाँस्कोटाकै कुरामा केही भयो त ? अर्को स्वास्थ्य मन्त्रालयकै कुरामा हेर्नुस् त ? त्यसमा मन्त्री ढकाललाई के भयो त ? पुरा भ्रष्टाचार भएको देखिएको छ । तर, अभैm केही भएको छैन । पहिलाका सुनकाण्ड, वाइडवडी, ललितानिवासको कुरै छोड्नुस् । अहिले जनताले यत्रो दुःख पाएको बेलामा औषधिजस्तो कुरामा ठाडै भ्रष्टाचार गर्नेलाई कारबाही नगर्नु योभन्दा निच काम के हुन्छ । अब यो सरकारले कि त राम्रोसँग एक्सन लिनसक्नुपर्छ नत्र भने जनताको विश्वास गुमाउँछ ।
कोरोना भाइरसको कुरा नेपालमा दोस्रोचरण चाहीं नियन्त्रणमा रह्यो होइन ?
यसलाई नियन्त्रण भन्ने बेला भएको छैन । अहिले त हजारौं मान्छेहरु क्वारेनटाइनमै बसेका छन् नि । ती क्वारेन्टाइनमा राखेका मान्छे पनि हचुवाकै भरमा राखेको छ । उनीहरुलाई कुनै व्यवस्थित ढंगले राखिएको छैन । एउटै टेन्टमा ४, ५ जना राखिएको छ । त्यसैले १ जनालाई कोरोना भाइरस रहेछ भने अरु तीनजनालाई सल्किन्छ । यो चाहीं राखिस् भन्दा राखेँ भनेजस्तो ढंगले गरिएको छ । क्वारेन्टाइन भन्ने नाम ठीक छ । त्यसको यथार्थ मापदण्डअनुसार छैन । सरकारका यस्ता हेलचेक्र्याईले पुरै रोकथाम गर्छ भन्ने कुरामा अहिले नै ढुक्क हुनेअवस्था छैन ।



प्रतिक्रिया दिनुहोस्