Logo

कोरोनाले मृत्यु हुनेको संख्या १ लाख नाघ्यो, संक्रमितको संख्या १६ लाख ५० हजार



चैत २८, काठमाण्डौ । कोभिड १९ अर्थात कोरोना भाइरसले मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । शुक्रबार राति १० : ३० बजेसम्म कोरोनाका कारण १ लाख २७३ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी कोरोनाले १६ लाख ४७ हजार ८ सय ९६ जना संक्रमित भएका छन् । त्यस्तै ३ लाख ६९ हजार ६ सय ४६ जना निको भएका छन् ।

अहिले उपचाररत ११ लाख ७८ हजारमध्ये ५० हजारको अवस्था भने चिन्ताजनक छ । अहिलेसम्म २ सय १० राष्ट्रमा फैलिएको कोरोनाले सबैभन्दा धेरै इटालीका नागरिकको ज्यान लिएको छ ।

शुक्रबार एकै दिन अमेरिकामा १ हजार २ सय ३६ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १७ हजार ९२७ पुगेको छ । अमेरिकामा ४ लाख ७८ हजार ९८ संक्रमितमध्ये पछिल्लो २४ घण्टामा ९ हजार ८ सयभन्दा बढि नयाँ संक्रमित थपिएका छन् ।

बेलायतमा शुक्रबार एकै दिन ९८० जनाले ज्यान गुमाएका छन् । त्यहाँ हालसम्म ८ हजार ९ सय ५८ जनाले ज्यान गुमाएका छन् । ७० हजार २७२ जना संक्रमित मध्ये ५ हजार १ सय ९५ जना नयाँ संक्रमित थपिएका हुन् ।

इटलीमा एकै दिन ५७० जनाले ज्यान गुमाएका छन् । हालसम्म इटलीमा १८ हजार ८ सय ४९ जनाले ज्यान गुमाएका छन् । इटालीमा सबैभन्दा धेरैले ज्यान गुमाएका छन् । त्यहाँ १ लाख ४७ हजार ५ सय ७७ संक्रमित छन् ।

त्यस्तै स्पेनमा एकै दिन ५ सय २३ जनाले ज्यान गुमाएका छन् । स्पेनमा हालसम्म १५ हजार ९ सय ७० जनाले ज्यान गुमाएका छन् । स्पेनमा १ लाख ५७ हजार ५३ संक्रमित छन् ।



प्रतिक्रिया दिनुहोस्