Logo

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो



एजेन्सी, २८ चैत्र । कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर १ लाख ३ सय ७९ जनाको मृत्यु भइसकेको छ ।

सबैभन्दा बढी इटालीमा १८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा मृतकको संख्या १८ हजार नजिक पुगेको छ । स्पेनमा १६ हजार नजिक पुगेको छ । फ्रान्समा १२ हजार, बेलायतमा ९ हजार, इरानमा ४ हजारको मृत्यु भइसकेको छ ।

विश्वभर कोरोना भाइरसको संक्रमित संख्या साँढे १६ लाख कटेको छ । निको भएकाको संख्या साँढे १३ हजार कटेको छ ।

देश          मृतक
अमेरिका- १७९२७
स्पेन- १५९७०
इटाली- १८८४९
जर्मनी- २६०७
फ्रान्स- १२२१०
चीन- ३३३६
इरान- ४२३२
बेलायत- ८९५८
टर्की- १००६
बेल्जियम- ३०१९
स्वीटजरल्यान्ड- १००१
स्रोतः वोल्डोमिटर , Photo Source: Agency



प्रतिक्रिया दिनुहोस्