Logo

कोरोना मृत्यु : इटलीलाई अमेरिकाले उछिन्यो, १७ लाख ६२ हजार संक्रमित



चैत ३०, काठमाण्डौ । कोभिड १९ अर्थात कोरोना भाइरसले मृत्यु हुनेको संख्या एक लाख ७ हजार ६ सय नाघेको छ । आइतबार राति १२ बजेसम्म कोरोनाले १७ लाख ६१ हजार जना संक्रमित भएका छन् ।

त्यस्तै ३ लाख ९६ हजार जना निको भएका छन् ।
अहिले उपचाररत १२ लाख ५८ हजारमध्ये ५० हजारको अवस्था भने चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टामा ६२ हजारभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् भने ५ हजारको मृत्यु भएको छ।

अहिलेसम्म २ सय १० राष्ट्रमा फैलिएको कोरोनाले सबैभन्दा धेरै अमेरिकाका नागरिकको ज्यान लिएको छ ।

हिजोसम्म इटलीमा मृत्यु हुने धेरै थिए । आजदेखि अमेरिकाले उछिनेको हो ।

शनिबार एकै दिन अमेरिकामा १ हजार ३ सय १७ जनाले ज्यान गुमाएका छन् । योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार ६४ पुगेको छ । अमेरिकामा ५ लाख २२ हजार संक्रमितमध्ये पछिल्लो २४ घण्टामा १९ हजार नयाँ संक्रमित थपिएका छन् ।

त्यसैगरि इटलीमा एकै दिन ६ सय १९ जनाले ज्यान गुमाएका छन् । हालसम्म इटलीमा १९ हजार ४ सय ६८ जनाले ज्यान गुमाएका छन् । त्यहाँ संक्रमितको संख्या १ लाख ५२ हजार हो ।

बेलायतमा शनिबार एकै दिन ९ सय १७ जनाले ज्यान गुमाएका छन् । त्यहाँ हालसम्म ९ हजार ८ सय ८५ जनाले ज्यान गुमाएका छन् । ७८ हजार ९९१ जना संक्रमित मध्ये ५ हजार २ सय ३३ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै स्पेनमा शनिबार २ सय ७२ जनाले ज्यान गुमाएका छन् । स्पेनमा हालसम्म १६ हजार ३ सय ५३ जनाले ज्यान गुमाएका छन् । स्पेनमा १ लाख ६२ हजार संक्रमित छन् ।

अहिलेसम्म इरानमा ४ हजार ३ सय ३५७, चिनमा ३ हजार ३ सय ३९, बेल्जियममा ३ हजार ३ सय ४६, जर्मनीमा २ हजार ७ सय ३६, नेदरल्याण्डमा २ हजार ६ सय ४३, ब्राजिलमा १ हजार ७५ र स्विजरल्याण्डमा १ हजार ३६ जनाको मृत्यु भएको छ ।

टर्कीमा पनि ११ सयभन्दा बढिको मृत्यु भइसकेको छ ।

त्यसैगरि भारतमा २ सय ८८ जनाको मृत्यु भएको छ भने ८ हजार ४ सय ३९ जना संक्रमित छन् ।

एसियामा कोरोना संक्रमितको संख्या २ लाख ८६ हजार छ भने १० हजार ५७६ जनाको मृत्युु भएको छ ।



प्रतिक्रिया दिनुहोस्