काठमाडौ), चैत ३० । गत मंगलबार ¥यापिड टेस्टको विश्वसनीयता जाँच गर्न भनेर कैलाली र कञ्चनपुरबाट २
सयजनाको रगत र थ्रोट स्वाब संकलन गरि काठमाडौं पठाइएको थियो। ती नमुना किटमार्फत र पिसिआर मेसिनबाट क्रस चेक गर्दा रिपोर्ट मिलेर विश्वसनीयता प्रमाणित भएपछि मात्र (यापिड टेस्ट गर्ने भनिएको थियो।
तर रिपोर्ट नआउँदै बिहीबारदेखि (यापिड टेस्ट सुरु गरिएको छ। चैत ११ गतेदेखि क्वारेन्टाइनमा बसेकाको बसाइ अवधि १४ दिनभन्दा बढी भएकाले उनीहरुले छिटो जाँच गरेर घरजान दिन दबाबबढेपछि गाइडलाइन बनाएर (यापिड टेस्ट सुरु गरेको प्रदेश स्वास्थ्य निर्देशनालयका हेमराज जोशीले बताए।
स्वास्थ्य मन्त्रालयले (यापिड टेस्टका लागि १० हजार किट प्रदेशलाई उपलब्ध गराएको उनले जानकारी दिए। चीनबाट ल्याइएको किट विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार नभएको भन्दै प्रश्न उठेको थियो।किटको गुणस्तरमा प्रश्न उठेकाले विश्व स्वास्थ्य संगठनले ¥यापिड टेस्ट विश्वसनीय नहुने जनाएको छ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार उक्त प्रदेशमा अहिलेसम्म पिसिआर मेसिनबाट ३ सय ५३ जनाको जाँच भएकोमा ४ जनाको पोजेटिभ र ३ सय ४९ जनाको नेगेटिभ रिपोर्ट आएको छ।१ हजार ३ सय ५३ जनाको रिपोर्ट आउन बाँकी छ।देशभरिमा कोरोनाका ९ संक्रमित देखिएकोमा सुदूरपश्चिममा ४ जना छन्।सेती प्रादेशिक अस्पतालमा उपचाररत उनीहरुको अवस्था सामान्य छ। नागरिक दैनिकबाट




प्रतिक्रिया