स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन जारी (लाईभ-भिडियो)


काठमाडौं, ३० चैत्र । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो अवस्थाबारे जानकारी दिईरहेका छन् ।गएराति गरिएको कोरोनाको नमूना परीक्षणमा तीन जनामा कोरोनाको संक्रमण देखिएको देवकोटाले जनाए ।

उनले जनाएअनुसार र्साको बिरगंज महानगरपालिका, वडा न। द्द, छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड(१९ को शंका लागि नारायणी अस्पताल, बिरगंजमा आईसोलेशनमा राखि निजहरूको समेत थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परिक्षण गरिएको थियो ्र उक्त परिक्षणमा २१ जना मध्ये शंकास्पद तीन जनाको पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मिति २०७६ चैत्र २९, शनिबार पुन परिक्षण गरिएकोमा तहाँबाट समेत पोजिटिभ देखिएको हुँदा निजहरुको संसर्ग र निजहरू गएको स्थान पहिचान गरी Contact Tracing गर्ने कार्यहरू भैरहेको व्यहोरा जानकारीका लागि अनुरोध छ ”

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणको लागि अहिले दुई वटा मुख्य रणनीति अघि सारेको पनि उनले सनाए । पहिलो रणनीति भनेको लकडाउनको पूर्ण पालना गर्नु भएको उनको जिकिर छ । उनले भने, सबैजना क्वारेन्टाईनमा रहनु हो । यसो गरियो भने संक्रमण फैलन पाउँदैन् । अर्को रणनीति भनेको परीक्षणको दायरा बढाउने हो । संक्रमण पत्ता लगाउने हो । दुवै रणनीतिमा सबैले सहयोग गर्नुपर्छ ।