Logo

महरालाई गाडी सुविधा



काठमाडौं, बैशाख १ । पूर्वसभामुख कृष्णबहादुर महरालाई गम्भीर अभियोगमा सफाइ पाउनासाथ संसद सचिवालयले पूर्वविशिष्ट पदाधिकारीको हैसियतमा गाडी सुविधा उपलब्ध गराएको छ ।

बलात्कार प्रयासको अभियोगमा सफाइ पाएको केही समयपछि नै महराले सचिवालयबाट स्कार्पियो गाडी दिइएको छ ।
उनले गाडीको मर्मतसम्भार खर्चसमेत सचिवालयबाट पाइरहेको आजको कान्तीपुर दैनिकमा खवर छ ।

संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयास अभियोग लागेपछि उनले सभामुखबाट राजीनामा दिएका थिए भने पछि सोही प्रकरणमा पक्राउ परेका थिए । पछि जिल्ला अदालत काठमाडौंले उनलाई निर्दोष ठहर गर्दै रिहा गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot