Logo

लकडाउनमा सवारी पास माग्ने प्रहरीको हात तरबारले छिनाइयो (भिडियोसहित)



एजेन्सी, १ वैशाख । लकडाउनमा सवारी निकालेर हिंडेकासँग पास मागेको भन्दै प्रहरीमाथि आक्रमण भएको छ । आक्रमणको क्रममा लकडाउन उल्लंघन गरी सवारी चलाएका सात जनाको जत्थाले प्रहरीको हात नै छिनालिदिएको छ ।

यो घटना भारतको पञ्जाब प्रान्तको हो । जहाँ आइतबार विहान हरजित सिंह नामका सव इन्स्पेक्टरको देब्रे हात एउटा जत्थाले आक्रमण गरी छिनालिदिएको छ । उनको आठ घन्टा लामो शल्यक्रिया गरी हात जोडिएको भारतीय सञ्चारमाक्यमले जनाएका छन् ।

गाडीमा सातजना मानिस सवार थिए । उनीहरु शिख लडाकु भनिने निहाङ समुदायका हुन् । पटियाला जिल्लाको तरकारी बजार नजिकै प्रहरीले रोकेर यात्रा अनुमति पास मागेका थिए । लगत्तै उनीहरुले तरबार झिकेर प्रहरीको हात काटिदिएका थिए । घटनामा घाइते प्रहरीहरुलाई तत्काल चण्डीगढको अस्पताल लगिएको थियो ।

आक्रमणका बाबजुद प्रहरीले उनीहरुलाई प्रत्याक्रमण गरेनन् । ती प्रहरी अहिले चर्चामा छन् ।-Photo Source: India Times



प्रतिक्रिया दिनुहोस्