Logo

राष्ट्रपति भण्डारी र प्रम ओलीबीच भेट



काठमाडौं, ३ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड १९) का विरुद्ध सबै नेपाली जनता एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।

नियमित भेटघाटका लागि मंगलबार साँझ राष्ट्रपति भवन शीतल निवास पुग्नुभएका प्रधानमन्त्री के.पी. शर्मा ओलीसँगको कुराकानीमा राष्ट्रपति भण्डारीले यस्तो धारणा राखिएको हो । राष्ट्रपति भण्डारीले विभिन्न देशमा रहेका नेपालीको अवस्था र उनीहरुको सुरक्षाका लागि कूटनीतिक माध्यमबाट सरकारले चालेका कदमबारे चासो राखिएको थियो ।

भेटमा प्रधानमन्त्रीले कोराना भाइरसविरुद्ध लड्दै गरेको लडाईं र जनताको सुरक्षा तथा स्वास्थ्यलाई ध्यानमा राखेर लागू गरिएको बन्दाबन्दी (लक डाउन) का विषयमा राष्ट्रपतिलाई जानकारी गराएको थियो । राष्ट्रपति भण्डारीले कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि सरकारले चालिरहेका कदमहरु प्रभावकारी नै भइरहेका छन् भन्दै सबै नेपाली एकजुट भएर लाग्नुपर्नेमा जोड दिएको जानकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीले दिएका छन् । (गोरखापत्रबाट)



प्रतिक्रिया दिनुहोस्